कोरोनाजिल्ला समाचार

गुल्मीका मन्दिर र शक्तिपीठमा निषेधाज्ञा जारी

अनिल खत्री
४ कात्तिक, गुल्मी । गुल्मीका मन्दिर र शक्तिपीठमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणको जोखिम बढिरहेका वडादशैं लगायतका चाडपर्वमा मन्दिरहरुमा भेला हुन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

प्रशासनले नगरपालिका र गाउँपालिका तथा सो वडाहरुमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूजा बाहेक दर्शनका लागि मन्दिर जान सर्वसाधारणका लागि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी भएको छ । यहि कोहि कसैले सूचनाको अबज्ञा वा उल्लंघन गर्ने उपर संक्रमण ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिक कानूनी कारवाही भै जाने प्रशासनले जारी सूचनामा उल्लेख गरिएको छ ।

काभिड–१९ को संक्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य प्रोटोकल अनुरुप दुरी कायम गर्ने, निडभाड नगर्ने, माक्स अनिवार्य लगाउन प्रशासनले आग्रह गरेको छ । कोरोनाको संक्रमणको जोखिम बढिरहेकाले अति आबश्यक काम नपरि बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेलाजम्मा तथा भोज भत्तेर नगर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको हो ।

यस वर्षको चाडपर्व जो जहाँ छौं त्यहि बसी मनाउन, स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्य रुपमा पालना गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D