gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

गुल्मीका बिद्यालयमा कोरोना भाईरस सम्बन्धी सचेतना कक्षा

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

अनिल खत्री
२८ फागुन, गुल्मी । बिश्व व्यापी रुपमा फैलिरहेको कोरोना नोबेल भाईरसबाट हुनसक्ने महामारीलाई मध्य नजर राखेर गुल्मीका बिद्यालयहरुका सचेतना कक्षाहरु सञ्चालन भएका छन् । जिल्ला सदरमुकाम तम्घासमा रहेको उपल्लो तम्घास माध्यमिक बिद्यालयमा रहेका बिद्यार्थीहरुलार्य कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक सचेतना कक्षा सन्चालन गरिएको हो ।

रेसुङ्गा नगरपालिक स्वास्थ्य शाखाको कर्मचारीहरुले कोरोना भाइरस र यसबाट जोगिने बारे जानकारी मुलक सन्देश दिएको बिद्यालयकी प्रधानाध्यापक पिङ्की भुसालले बताइन् । बिश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणको जोखिम बढने भएकाले यसबाट जोगिन बिद्यार्थीहरुलाई सचेतना कक्षाहरु राखिएको प्रधानाध्यापक भुसालको भनाई छ ।

हेल्प डेस्क राखिने

कोरोना भाइरसको बारे जानकारी र उपचारको लागि गुल्मीका स्थानिय तहमा हेल्प डेक्स स्थापना र आबश्यक सूचना र उपचारको व्यावस्थापन गरिने भएको छ । जिल्ला स्थित सम्पूर्ण पालिकाहरुले आबश्यक औषधी व्यावस्थापन र सचेतना मूलक कार्यक्रमहरु गर्ने निर्णय गरिएको भएको छ । त्यस्तै जिल्ला अस्पताल गुल्मीले औषधी व्यवस्थापन लगायत आइसुलेसन वार्डको व्यावस्था गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलिले बताए ।

जिल्ला प्रशासन कार्यालय गुल्मी तथा सम्पूर्ण सुरक्षा निकायले सुरक्षाको व्यावस्थापन गर्ने निर्णय भएको छ । त्यस्तै रुरु क्षेत्र गाउँपालिको संयोजनमा रिडी, रेसुङ्गा नगरपालिकाको संयोजनामा नेटा, मदाने गाउँपालिकाको संयोजनमा पुर्कोट, मुसिकोट नगरपालिकाको संयोजनामा वामी, चन्द्रकोट गाउँपालिकाको संयोजनमा शान्तिपुरमा हेल्प डेस्क स्थापना गरिने भएको छ । छिमेकी मुलुक भारतबाट सिधै गुल्मी आउने सवारी साधनका यात्रुलाई रिडीको हेल्प डेस्कमा अनिवार्य रुपमा चेकजाँच गरिने निर्णय भएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख पराजुलिले बताए ।

मेला महोत्सवमा प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय गुल्मीले मेला महोत्सवमा प्रतिबन्ध गरेको छ । प्रशासनले एक सार्बजनिक सूचाना जारी गर्दै कोरोना भाईरसको संक्रमणको जोखिम बढने भएकाले मानिसहरको भिडभाड हुने गरि मेला महोत्सव कार्यक्रमहरु नगर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी उद्धब पन्थीले बताए ।

नेपाल सरकार स्वस्थ्य जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानमा कोरोना भाइरसको संक्रमणको जोखिम बढने भन्दै धेरै मानिस उपस्थित हुने सभा,महोत्सव, सम्मेलन, शैक्षिक संस्थाको वार्षिक उत्सव जस्ता कार्यक्रम नगर्न आग्रह गरेको जारी सार्बजनिक सूचनामा उल्लेख छ ।

सूचनामा धेरै मानिस उपस्थित हुने समारोहमा उपस्थित नहुन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D