गुल्मीका बाढिपहिरो पिडितलाई कोरियाबाट ३ जना युवाले उठाए तिन लाख रुपैँया सहयोग

गुल्मी, साउन १० । गुल्मीको इस्मा गाउँपालिका बाढिपहिरो पिडितलाई राहत रकम बिभिन्न क्लव, समाज, पार्टिहरुले गरिरहेका छन् । यस्तै कामको शिलशिलामा कोरियामा रहेका ३ जना युवाले आफू चिनजिनका साथीहरुको सहयोगमा झण्डै ३ लाख बराबरको राहत रकम बिहिबार हस्तान्तरण गरेका छन् ।

उनिहरुले २ लाख ९३ हजार ५ सय राहत रकम पिडित सम्म पुर्याएका हुन् । ‘क’समुहका ३ ‘ख’समुहका ५ ‘ग’समुहका ४२ र ‘घ’समुहका २९ घर परिवार संगै ३ जना बिस्थापित बृद्दालाई सहयोग स्वरूप सहयोग रकम हस्तान्तरण गरिएको हो । इस्मा गाउँपालिकामा घर भई कोरियामा कर्म गरिरहेका दिपेश केसी ‘दिपक’, बसन्त कुवँर र बिकल्प महतको नेतृत्वको टिमले राहत रकम बितरण गरेका हुन् । ‘गाउँमा पहिरोले छिमेकीको मन रुदाँ मनले मानेन चिनजानका साथी भाई मार्फत केहि भए पनि मलम लगाउन सकिन्छ कि भनेर रकम सहयोग गरेका हौँ’। दिपेश केसिले भनेँ ‘साथै अभियानमा साथ दिने सबैलाई धन्यवाद समेत दिए

गत असारमा १९ गते गएको पहिरोले २ जनाको मृत्यु १ जना हराईरहेका छन् भने थुप्रै घरपरिवार बिस्थापित भएका छन् ।’रकम संकल गर्यौँ तर बितरणको चिन्ता थियो ,नगद राहत पाउँदा पिडितले तत्काल खाने भन्दा बस्ने बासको समस्याकोलागी मनले सोचेर खर्च गर्न सकुन भनेर बितरण गरेका हौँ’अर्का सहयोगी बसन्त कुवँरले भनेँ । बितरण गर्ने शिलशिलामा गाउँमा अरु समाजले गरेको बितरणको पिडितको प्राथामिकताको आधार र पिडित परिवारको संकलित विवरणको आधारमा गरिएको स्थानिय रेडक्रस प्रतिनिधि मिन बहादुर कुवँरले जानकारी दिनुभयो ।

बितरण कार्यक्रममा वडा अध्यक्ष चुरा बहादुर खत्री, रेडक्रस उपशाखा संयोजक शेर बहादुर कुवँर प्रतिनिधि नारायण कुवँर, कृष्ण बहादुर रायमाझी, मिन बहादुर कुवँर, बैकुण्ठ कुवँर लगाएत वडा सदस्यहरुको उपस्थिति रहेको थियो । रकम वडा कार्यालय, रेडक्रस र बिपत ब्यबस्थापनको समुह मार्फत बितरण गरिएको थियो । ३ जनाले मात्र चिनजानका साथीभाई मार्फत सुरु गरेको यो अभियानको ठुलो रकम हो । रकम पाएपछि पिडितले आउँदा दिनमा गाउँको दुखमा सहयोग र साथ दिन के सी कुवँर र महतलाई धन्यवाद दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ