गुल्मीका पोषण अभियान्तालाई क्षमता अभिवृद्धि तालिम

हुमाकान्त पोखरेल
गुल्मी , ०२ फागुन । गुल्मीमा पोषण अभियान्ताहरुलाई क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ । बुधबारदेखि सदरमुकाम तम्घासमा रेसुगां नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भत्तिराम मरासिनीले तालिमको उद्घाटन गरे ।

एकीकृत ग्रामीण विकास समाज गुल्मीद्धारा सचालित सुआहारा दोश्रो चरण कार्यक्रमअन्र्तगत परियोजनामा काम गर्ने फिल्ड सुपरभाइजर र सामुदायिकपोषण स्वयमसेवकहरुको लागि तालिमको आयोजना गरिएको हो । तालिममा गुल्मी, पाल्पा र अर्घाखाँचीका गरी ४२ जना सहभागि छन् ।

प्रशिक्षार्थीहरुविच एक–आपसमा अनुभवहरुको आदानप्रदान मार्फत भावि कार्यलाई थप प्रभावकारी बनाउन ज्ञान, सिप तथा क्षमतामा अभिवृद्धि गर्ने र कार्य सम्पादनका क्रममा आइपरेका समस्याहरुलाई एकआपसमा छलफल गरि समाधान निकाल्ने उदेश्यले तालिम संचालन गरिएको सुआहारा कार्यक्रम संयोजक कृष्ण गुरुङ्गले जानकारी दिए ।

त्यस्तै तानलिममार्फत कर्मचारीहरुको क्षमता अभिवृद्धि गराई स्थानीय सुनौला हजार दिनका आमा र बच्चाहरुको पोषण स्थिति सुधार गर्ने तालिमको उदेश्य रहेको छ । आठ दिनसम्म संचालन हुने तालिममा सुआहाराको केन्द्रिय र जिल्लास्तरका प्रशिक्षकले प्रशिक्षण दिने सुआहारा फिल्ड संयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिए ।

कार्यक्रम एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा ए.सी. को अध्यक्षता, कार्यकारी निर्देशक कृष्ण विश्वकर्माको स्वागत मन्तव्य तथा फिल्ड संयोजक विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ