जिल्ला समाचार

गुल्मीका पहिरो पिडितलाई दक्षिण कोरियाबाट सहयोग

अनिल खत्री
३ भदौ, गुल्मी । गुल्मीका पहिरो पिडितहरुलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले झण्डै ३ लाख सहयोग गरेका छन् । गत असार १८ गते राती गुल्मीको ईस्मा गाउँपालिकाको वडा नम्बर–१ को मल्दीमा गएको भिषण बाढि पहिरोले घर बगाएर बिस्थापित भएका पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

इस्मा गाउँपालिका वडा नम्वर–१ हपुर्कोट निवासी यम खत्री र गुल्मीकै जुनियाँ घर भएका चन्द्र रानाको अगुवाईमा गुल्मी सम्पर्क समिति दक्षिण कोरिया नामक संस्थाको नामबाट त्यस वडाका बाढि पहिरो पीडितहरुलाई २ लाख ८४ हजार रुपैयाँ दक्षिण कोरियामा रहेका नेपालीहरुबाट राहत संकलन गरि पठाएका थिए । दक्षिण कोरियाबाट जिल्लाका सञ्चारकर्मीहरु अनिता खत्री, प्रेम सुनार लगायतका सञ्चारकर्मीहरुले वडामा पुगेर उक्त नगद रकम वडाध्यक्ष चुराबहादुर खत्रीलाई हस्तान्तरण गरेका थिए ।

हस्तातरण पछि वडा कार्यालयमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष खत्रीले ५९ घरधुरी बाढि पहिरो पीडितहरुलाई हस्तान्तरण गरेका थिए ।वडाध्यक्ष खत्रीले क वर्गका २ घरधुरीलाई प्रति परिवार ८ हजारका दरले नगद रकम हस्तान्तरण गरेका थिए । त्यस्तै ख बर्गका ३४ घरधुरीलाई साढे ५ हजारका दरले र ग बर्गका २३ घरधुरीलाई साढे ३ हजारका दरले नगद रकम हस्तान्तरण गरेका थिए ।

गुल्मी सम्पर्क समित दक्षिण कोरियाका अध्यक्ष चन्द्र रानाले यम खत्रीको आग्रहमा त्यस वडाका बाढि पहिरो पीडितहरुको सहयोगार्थ विभिन्न जिल्लाका ५० जना नेपालीहरुबाट सहयोग संकलन गरि राहत पठाईएको बताए । दक्षिण कोरियामा सहयोग जुटाउन हर्पुकोट घर भई हाल काठमाण्डौमा रहेका यम खत्रीका मामा रामकुमार बिष्टले बिशेष पहल गरेका थिए ।

बिष्ट स्वयमले पनि ब्यक्तिगत रुपमा १० हजार भन्दा बढि सहयोग पठाएका थिए । स्कुल र त्रिपाल मुनी बसेका बाढि पहिरो पीडितहरुले आफुहरुलाई तिज मान्न पुग्ने गरि दक्षिण कोरियाबाट नगद सहयोग पठाएको प्रति सहयोगदाताहरु प्रति आभार प्रकट गरेका थिए ।

वडाध्यक्ष चुराबहादुर खत्रीले सहयोगदाता सबै प्रति कृतज्ञता जाहेर गरेका थिए । प्रवासमा रहेर पनि जन्मभूमि प्रतिको दुखःमा सहयोग गरेकोमा आभार प्रर्कट गरे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D