गुल्मीका पत्रकार खत्रीले थापे प्रधानमन्त्रीको हातबाट पत्रकारिता पुरस्कार

सन्जु काउछा
चैत १९ । गुल्मीमा रहेर पत्रकारितामा कृयाशिल पत्रकार कौरब खत्री पुरस्कृत भएका छन् । रिपोर्टर्स क्लव नेपालले आफ्नो २० औ वार्षिकोत्सवका अवसरमा गुल्मीमा रहेर पत्रकारीतामा महत्वपूर्ण योगदान पर्याएको भन्दै गुल्मीका खत्रीलाई यूवा पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो ।

शनिवार राष्ट्रिय सभागृह काठमाडौमा सम्पन्न क्लवको वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) गुल्मीका जिल्ला सम्वाददाता खत्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान पत्र र मालाले सम्मान गरेका थिए । त्यस्तै पत्रकार खत्रीलाई गुल्मी र बाग्लुङका स्थानीय समाचारहरु केन्द्रसम्म पुर्याउन महत्वपूर्ण साथ दिदै आएका छन् ।

खत्री सँगै विगत ६ वर्षदेखि मोफसलमा रहेर पत्रकारीता गर्दै आएका रौतहटका पत्रकार अभिमन्यु पटेललाईपनी रिपोर्टर्स क्लबले सम्मान गरेको छ ।

उनीहरु दुवै जनाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्लबका अध्यक्ष ऋषि धमलाको हातबाट सम्मान ग्रहरण गरेका छन् ।
kaurab khatri news

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ