जिल्ला समाचार

गुल्मीका दुई बिद्यालयको सहकार्यमा भुकम्प सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

अनिष पन्थी
गुल्मी, फागुन १२ । गुल्मीका दुई बिद्यालयको सहकार्यमा भुकम्प सम्बन्धि जनचेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आइएसए ईण्टरनेसनल स्कुल अवार्ड अन्तर्गत रहेर जिल्लाको सिद्धबाबा मा.वि तम्घासले ३ दिने भुकम्प सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

जिल्लाको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको ब्रिलियण्ट युनाइटेड एकेडेमीसँग सहकार्य गर्दै दुबै बिधालयका कक्षा ८ का बिद्यार्थीहरुलाइ सहभागी गराइ कार्यक्रम सम्पन्न गरिएको हो । भुकम्प के हो र यसबाट हुने सम्भावित जोखिमालाइ कसरी कम गर्न सकिन्छ भन्ने बारेमा बिद्यार्थीको माध्यमद्वारा समाजमा चेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रम सन्चालन गरिएको सिद्धबाबा माबिका शिक्षक बिनोद तिम्सिनाले जानकारी दिनुभएको छ । कार्यक्रम सिद्धबाबा मावी तम्घासका शिक्षकहरु रबि घर्ति र बिनोद तिमिसिनाको अगुवाइमा सन्चालन भएको थियो ।

सो कार्यक्रममा भुकम्प आउँदा कक्षा भित्र र कक्षा बाहिर कसरी सुरक्षित रहने भन्ने बारेमा बताइएको थियो । आइतबारदेखि सुरु भएको कार्यक्रमको अन्तिम दिन मंगलबार दुबै बिधालयका कक्षा ८ का विद्यार्थीहरुले सिद्धबाबा माध्यमिक बिधालयमा रहेको भुकम्प मापक यन्त्रको अवलोकन साथै दुबै बिधालयको सहकार्यमा छोटो जनचेतनामुलक नाटक समेत प्रस्तुत गरिएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D