कोरोनाजिल्ला समाचार

गुल्मीका थप २ कोरोना संक्रमितको मृत्यु

सन्तोष महतारा,
१७ बैशाख गुल्मी : गुल्मीका थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको रुरु गाउँपालिका ५ की ५० वर्षीय जुना पौडेलकाे उपचारको क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्युु भएको मेडिकलले बताएको छ । उनको १५ गते पिसिआर परिक्षण पाेजेटिभ देखिएको थियो । उनमा निमोनिया सम्बन्धि बिरामी भई स्वासप्रश्वासमा समस्या देखिएको थियो । उनको १५ गते नै मृत्युु भएको मेडिकलले जनाएको छ ।

त्यस्तै जिल्लाको धुर्काेट गाउँपालिका २ का ७५ वर्षीय शिवहरी खनालकाे शुक्रबार मृत्युु भएको मेडिकलले जनाएको छ । दम तथा निमाेनिया सम्बन्धि बिरामी भई उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा रहेका उनको बैशाख १० गते काेराेना परिक्षण गर्दा पिसिआर पाेजेटिभ आएको थियो ।

गुल्मीमा बिहिबार साँझ सम्म १६५ जनामा कोरोना भाइरसकाे पिसिआर र एन्टिजाेन परिक्षण पाेजेटिभ देखिएको छ । काेराेनाका सक्रिय संक्रमितहरुकाे संख्या २ सय पुगेमा जिल्लाभर लकडाउन गरिने जिल्ला काेभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । बिहिबार स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सहित बसेकाे जिल्ला काेभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सक्रिय संक्रमितकाे संख्या २ सय पुगेपछि मात्र लकडाउन गर्ने निर्णय गरेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D