gulminews logo
सोमबार, २०७९ श्रावण २३

गुल्मीका ठुला कार्यालयले एक महिनामै गरे ८१ करोड बढी भुक्तानी

टोपलाल अर्याल
गुल्मी, ९ साउन । जिल्लाका ठुला सरकारी कार्यालयले ८१ करोड बढि भुक्तानी असारमा मात्रै दिएको पाइएको छ । सडक पुर्वाधार विकास कार्यालयले सवैभन्दा बढि २९ करोड ४८ लाख ५८ हजार चार सय नौ र मदन भण्डारी राजमार्ग योजना कार्यालयले २२ करोड १९ लाख ४० हजार आठ सय ५० रुपैयाँ असारमा मात्रै भुक्तानी गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीले जनाएको छ ।

त्यस्तै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले १३ करोड ४५ लाख ४८ हजार सात सय ६०, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले १२ करोड ७६ लाख ६१ लख सात सय ५१, डिभिवन वन कार्यालयले दुई करोड ९६ लाख ४७ हजार सात सय ७१ र शिक्षा विकास तथा समन्वय एकाईले एक करोड एक लाख ४३ हजार आठ सय २१ रुपैयाँ असारमा भुक्तानी गरेको नियन्त्रकको कार्यालयले जनाएको छ ।

८० करोड बढि बजेट फ्रिज

आर्थिक ०७८÷०७९ मा गुल्मीमा संघ र प्रदेशको ८० करोड बढि बजेट फिज्र भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीका अनुसार संघिय बजेट अन्तरगत चालुतर्फ १२ करोड २९ लाख १३ हजार सात सय पाँच र पुँजिगत तर्फ १३ करोड ३३ लाख ५९ हजार सात सय ५७ रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको छ ।

संघिय बजेट चालु तर्फ सात अर्ब ३३ करोड ९३ लाख दुई हजार पाँच सय २० विनियोजित भएको थियो । जस मध्ये सात अर्ब २० करोड ५९ लाख ४२ हजार सात सय ६३ खर्च भएको प्रमुख कोष नियन्त्रक छविन्द्र बेलबासेले जानकारी दिए । संघिय बजेट अन्तरगत पूँजीगततर्फ एक अर्ब सात करोड ३५ लाख २६ हजार दुई सय ९० रुपैयाँ विनियोजन भएकोमा ९५ करोड ६१ लख दुई हजार पाँच सय ८४ रुपैयाँ खर्च भएको छ । चालु बजेटको ९८.१८ र पुँजिगतको ८८.५५ प्रतिशत खर्च भएको छ ।

संघको भन्दा प्रदेशको २९ करोड बढि बजेट फ्रिज

संघको भन्दा प्रदेश कार्यालयको २९ करोड बडि बजेट फ्रिज भएको छ । संघका विभिन्न् कार्यालयहरुले २५ करोड ६३ लाख ७३ हजार चार सय ६२ र प्रदेशका कार्यालयहरुले ५४ करोड ७० लाख २९ हजार सात सय ४२ हजार काम गर्न नसकेर बजेट फ्रिज गरेका छन् । प्रदेश सरकारबाट बिनियोजित चालु तर्फ १५ करोड २१ लाख ४४ हजार चार सय ७५ रुपैयाँ र पुँजिगत तर्फ ३९ करोड ४८ लाख ८५ हजार दुई सय ६७ रुपैयाँ काम हुन नसकी फ्रिज भएको छ । गुल्मीमा प्रदेश अन्तरगत चालु (साधरण) तर्फ ९२ करोड ७१ लाख २२ हजार बजेट विनियोजन भएको थियो । जसमा ७७ करोड ४९ लाख ७७ हजार पाँच सय २५ रुपेयाँ खर्च भएको छ । पूँजीजगत तर्फ कुल एक अर्ब ६८ करोड २८ लाख ९८ हजार विनियोजित बजेट मध्ये एक अर्ब २८ करोड ८० लाख १२ हजार सात सय ३२ रुपैयाँ खर्च भएको छ । प्रदेश बजेटमा चालुतर्फ ८३.५० र पुँजिगत तर्फ ७६.५३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीले जनाएको छ ।

ठुला कार्यालयको पुँजीगत प्रगती

जिल्लामा संघिय कार्यालय अन्तरगत मदन भण्डारी राजमार्ग योजना कार्यालयले ८६.३७ प्रतिशत पुँजीगत खर्च गरेको छ । ५७ करोड ९० लाख ३० हजार मध्ये ५० करोड एक लाख २१ हजार पाँच सय ४५ रुपैयाँ खर्च गरेको छ । त्यस्तै प्रदेश कार्यालय अन्तरगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीले ९२.३१ प्रतिशत पुँजिगत खर्च गरेको छ । कार्यालयले २२ करोड ५७ लाख बजेटमा २० करोड ८३ लाख ५२ हजार आठ सय ४६ खर्च गरेको हो । त्यस्तै सडक पुर्वाधार कार्यालय गुल्मीले एक अर्व ३८ करोड १० लाख पाँच हजार कुल बजेट मध्ये ७५ करोड ९१ लाख ७२ हजार नौ सय छ रुपैयाँ अर्थात ७३.१३ प्रतिशत पुँजिगत बजेट खर्च भएको छ । डिभिजन बन कार्यालय गुल्मीले ८८.९० र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले ७३.१५ प्रतिशत पुँजिगत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख कोष नियन्त्रक छविन्द्र बेलबासेले जानकारी दिए ।

यो पनि पढ्नुस्

तम्घासको सडक स्तरोन्नती गर्ने काम अधुरै, बजेटमा जस लिनेको होटबाजी, कार्यान्वयमा वेवास्ता

हुमाकान्त पोखरेलगुल्मी, १५ साउन । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकोले डेढ बर्षअघि मर्मत

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D