gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीका गाउँगाउँमा स्वास्थ्य शिविर र बर्थिङ्ग सेन्टर, यो बर्ष मात्रै ११ बर्थिङ्ग सेन्टर थपिए

टोपलाल अर्याल
गुल्मी, १५ चैत । यो बर्ष इस्मा गाउँपालिकाले चार वटा बृहत निशुल्क स्वास्थ्य शिविर गर्ने लक्ष्य राखेको थियो । जस अनुसार गाउँपालिकाका वडा नं ५ रजस्थल, वडा नं १ हस्तिचौर, वडा नं ३ दर्लामचौर र वडा नं ६ को अम्मरपुरमा बृहत निशुल्क स्वास्थ्य शिविर सकिएको छ ।

इस्मा गाउँपालिकाको आयोजना तथा रेसुंगा अस्पतालको प्राविधिक सहयोगमा हस्तिचौर स्वास्थ्यचौकीले एकदिने पाठेघर सम्वन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न ग¥यो । शिविरमा दुई सय ८१ जना महिलाले पाठेघरको उपचार लिएको गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्र भुसालले जानकारी दिए । त्यस्तै इस्मा गाउँपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा संचालन भएको शिविरमा दुई सय १२ जना महिलाले पाठेघरको चेक जाँच गरेका थिए ।

गुल्मी दरवार गाउँपालिकाले संचालन गरेको स्वास्थ्य शिविरमा जेष्ट नागरिककहरुले स्वास्थ्य परिक्षण गराउँदै

हिमा स्मृति कोष र गाउँपालिकाको आयोजनामा वडा न ६ को अम्मरपुरमा संचालन भएको महिला, हाडजोर्नी तथा सामान्य चिकित्सा सहितको स्वास्थ्य शिविरमा झन्डै एक हजार जनाले सेवा लिएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरोज पोखरेलले बताए । साथै इस्मा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघको आयोजनामा संचालन भएको निशुल्क आँखा उपचार शिविरमा साढे चार सयले आँखाको उपचार गराएको गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्र भुसालले बताए ।

गुल्मी दरवार गाउँपालिकाले घरघरमै स्वास्थ्य सेवा अभियान अन्तरगत प्रत्येक वडामा पुगेर जेष्ट नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । जसमा एक हजार दुई सय ४७ जना जेष्ठ नागरिककले सेवा लिए । शिविरमा मिसन अस्पताल पाल्पा र रेसुंगा अस्पतालका बिशेषज्ञ डाक्टरहरुद्धारा स्वास्थ्य परिक्षण गरिएको थियो ।

शिविरमा चार सय ४६ जनाको भिडियो एक्सरे, चार सय ८७ जनाको रगत जाँच र एक सय ८९ जना लाई इसिजी सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण प्रसाद अर्यालले बताए । साथै मालिका गाउँपालिकाले दुई वटा बृहत निशुल्क स्वास्थ्य शिविर पनि संचालन गरेको छ । गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ र राना डेन्टलको प्राविधिक सहयोगमा संचालन गरिएको निशुल्क आँखा तथा दन्तरोग शिविरमा दुई सय ५० जनाले सेवा लिएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत लेखनाथ पोखरेलले बताए ।

त्यस्तै भर्खरै सम्पन्न भएको निशुल्क महिला रोग सम्बन्धि शिविरमा तीन सय ६५ जनाले सेवा लिएको पोखरेलले बताए । साथै यो बर्ष मदाने गाउँपालिकाले जेष्ट नागरिकहरुको टोलटोलमै पुगेर स्वास्थ्य परिक्षण गरेको छ । चार दिन लगाएर उनीहरुलाई सामाजिक सुरक्षा भत्तासंगै मधुमेह र उच्च रक्तचापको परिक्षण गरिएको गाउँपालिकाका अध्यक्ष दान बहादुर केशीले बताए । धुर्कोट गाउँपालिकाले निशुल्क मुटु तथा उच्च रक्तचाप सम्बन्धि शिविर सम्पन्न गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । शिविरमा एक सय ७१ जनाले सेवा लिएका छन् ।

धमाधम खुल्दै बर्थिङ्ग सेन्टर र सामुदायीक स्वास्थ्य इकाई

इस्मा गाउँपालिका र हिमा स्मृति कोषले संचालन गरेको निशुल्क स्वास्थ्य शिविरमा उपचार गर्न आएका स्थानीय

मालिका गाउँपालिकाले यो बर्ष चार वटा बर्थिङ्ग सेन्टर संचालन ल्याउने लक्ष्य राखेको थियो । जसअनुसार तीन वटा संचालनमा आएका छन् । भने एउटा संचालनको अन्तिम तयारीमा रहेका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए । गाउँपालिकाको वडा ८ को मरभुङ्ग, वडा नं ५ को छापहिले र वडा नं २ को दर्लिङ्ग स्वास्थ्यचौकीमा बर्थिङ्ग सेन्टर स्थापना भएका छन् । त्यस्तै गाउँपालिकाले तीन स्थानमा सामुदायीक स्वास्थ्य इकाई स्थापना गरेको छ । गाउँपालिकाको वडा नं ६ अर्जैको कुमाल गाउँ, वडा नं ५ को छाप र वडा नं २ दर्लिङ्गको च्यानडाँडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि आधारभुत स्वास्थ्य सेवा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले बताए ।

त्यस्तै मदाने गाउँपालिकाले पनि यो बर्ष तीन स्थानमा बर्थिङ्ग सेन्टर स्थापना गरेको छ । मदाने गाउँपालिका वडा १ को अग्लुग, वडा नं २ को बाँझकटेरी र वडा ३ को सिर्सेनीमा बर्थिङ्ग सेन्टर स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सुरेश भण्डारीले बताए । सात वटा वडा रहेको गाउँपालिकामा यसअघि वडा नं ६ को पुर्कोटदहमा मात्रै सेन्टर रहेको थियो ।

अब तीन वडामा अर्को बर्ष बर्थिङ्ग सेन्टर संचालनमा ल्याउने उनले बताए । इस्मा गाउँपालिका सवै वडामा बर्थिङ्ग सेन्टर छ । भने दुई स्थानमा सामुदायीक स्वास्थ्य इकाई स्थापना गरिएको छ । गाउँपालिकाको वडा न २ को हस्तिचौर पनाहमा र वडा नं ४ दोहलीको विकट कोटकोटेरीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको गाउँपालिका प्रवक्ता गनुप्रसाद अधिकारीले बताए । त्यस्तै धुर्कोट गाउँपालिकाले वडा नं ३ हाडहाडेको सोमरभोमरमा सामुदायीक स्वास्थ्य इकाई स्थापना गरेको प्रमुख प्रसासकीय अधिकृत लोकहरि थापाले बताए ।

यो बर्ष मात्रै ११ बर्थिङ्ग सेन्टर र ११ सामुदायिक स्वास्थ्य इकाई थपिए

स्थानीय तहको गठनसंगै जिल्लामा ११ वटा बर्थिङ्ग सेन्टर थप भएका छन् । गत आर्थिक बर्षसम्म ३७ वटा बर्थिङ्ग सेन्टर रहेकोमा अहिले ११ वटा थप भई ४८ बर्थिङ्ग सेन्टर संचालनमा आएको जिल्ला जनस्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स सुमन शर्माले बताइन् । त्यस्तै यो बर्ष तीन वटा शहरी र नौ वटा सामुदायिक स्वास्थ्य इकाई पनि संचालनमा आएका छन् । गुल्मी दरवार र छत्रकोट गाउँपालिकामा केन्द्रबाट सामुदायिक स्वास्थ्य इकाईको कोटा थप भएपनि अरु नौ नगर र गाउँपालिकाले आफै संचालन गरेका छन् । गत बर्ष रेसुङ्गा नगरपालिकामा एउटा शहरी स्वास्थ्य इकाई र वडागाउँ, मुसिकोट, जैसीथोक र शान्तिपरमा सामुदायिक स्वास्थ्य इकाई रहेका थिए । अहिले मुसिकोट नगरपालिकाले दुई शहरी स्वास्थ्य इकाई संचालन गरेको शर्माले जानकारी दिइन् ।

शुन्य होम डेलिभरीदेखि स्वास्थ्य उपचार बिशेष उपचार कोष

मालिका गाउँपालिका वडा नं ६ अर्जैले शन्य होम डेलिभरी अभियान संचालन गरेको छ । सुरक्षित प्रसुती सेवालाई अझ मजभुत बनाउन वडा कार्यालयले केहि महिनादेखि अभियान संचालन गरेको छ । जसका लागि तथ्यांक संकलन गर्ने, सरोकारवालालाई अभिमुखिकरण गर्ने, गर्भवतिको घरघरमा हरियो झण्डा राख्ने तथा निशुल्क एम्बुलेन्स सेवा शुरु भइसकेको वडाध्यक्ष शोभाखर गिरीले बताए ।

त्यस्तै मदाने गाउँपालिकाले स्वास्थ्य उपचार बिशेष सहयोग कोष स्थापना गरेको छ । त्यसको लागि प्रत्येक वडामा एक÷एक लाख बिनियोजन गरिएको छ । कोषबाट गम्भिर प्रकारका रोग लागेर तत्काल उपचार गर्न असम्भव नागरिकलाई क्रृण स्वरुप रकम उपलब्ध गराउने व्यावस्था रहेको गाउँपालिका अध्यक्ष दान बहादुर केशीले बताए ।

गुल्मी दरवार गाउँपालिकाले तत्काल प्राथमिक उपचार कार्यक्रम अन्तरगत प्रत्येक बिद्यालय, शिक्षक, जनप्रतिनिधी र महिला स्वंमसेविकाहरुलाई तालिम दिइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले बताए । कार्यालय र स्वयसेविकाका घरघरमा प्राथमिक उपचार किट बक्स समेत उपलब्ध गराइएको उनले बताए ।

गाउँपालिकाका नागरिकको स्वास्थ्य समस्या प्रति थप गम्भिर भएकाले आगामी बर्षहरुमा अझै महत्वपूर्ण कार्यक्रम अगाडी बढाइने गाउँपालिका अध्यक्ष अशोक थापाले बताए । गाउँपालिकाले ‘सुपोषित गाउँपालिका हाम्रो अभियान’ पोषण सप्ताह पनि सम्पन्न गरेको छ । सो अवसरमा सुनौला हजार दिनका आमाहरुलाई स्तनपान र पोषण सम्बन्धी अभिमुखिकरण गरि पोषण प्याकेज बितरण गरिएको थापाले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D