जिल्ला समाचार

गुल्मीका गाउँगाउँमा नारी दिवसको रौनक, बृद्धा देखी उद्यमीलाई सम्मान

टोपलाल अर्याल
गुल्मी, फागुन २४ । संघियतापछिको नारी दिवसको रौनकता गाउँगाउँमा बेग्लै छ । केहि बर्षसम्म सदरमुकाममा मात्रै केन्द्रित नारी दिवस ग्रामिण महिलाको पहुँचमा हुदैनथ्ये । अहिले गुल्मीमा १२ स्थानीय सरकार छन् ।

सबै स्थानीय तहमा फरक–फरक ढङ्गले नारी दिवस मनाइएका छन् । यो संघियतापछिको नयाँ अभ्यास र अनुभव हो । गुल्मीको इस्मा गाउँपालिकाले पनि शुक्रबार महिला दिवस भव्य रुपले मनाएको छ । जिल्लाबाट प्रमुख जिल्ल्ला अधिकारी सहितको समुह इस्मा पुगे ।

बृद्धा महिलालाई वलाङकेट
१०९ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ईश्मा गाउँपालिकाले बृद्ध महिलाहरुलाई सम्मान गरेको छ । प्रत्येक वडाबाट एक÷एक जना ज्येष्ठ महिलाहरुलाई सम्मान गरेको हो । जसमा वडा नम्बर १ बाट ९१ बर्षिय भागिरथी कुँवरलाई सम्मान गरिएको छ ।

वडा नम्बर २ बाट ९० बर्षिया पवी थापा, वडा नम्बर ३ बाट ८१ बर्षिया भिमी सार्कीलाई सम्मान गरिएको छ । त्यस्तै वडा नम्बर ४ बाट ९९ बर्षिया अम्बी बस्नेत, वडा नम्बर ५ बाट ९४ बर्षिय निर्मा पाध्या र वडा नम्बर ६ बाट १०१ बर्षिय अनि कामीलाई सम्मान गरिएको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट लगायतले सम्मानस्वरुप उनीहरुलाई एक÷एक वटा सल तथा कम्बल प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

उत्कृष्ट उद्यमी पुरस्कृत
दिवसकै अवसरमा उत्कृष्ट महिला उद्यमीहरुलाई पनि सम्मान गरिएको छ । ईश्मा रजस्थल कृषि तथा पशु विकास सहकारी सँस्थाकी सदस्य सुन्तली कुँवर र शारदा भण्डारीलाई सम्मान गरिएको छ । त्यस्तै अमरपुर कृृषि तथा पशु विकास सहकारी सँस्थाकी सदस्य विष्णुमाया भण्डारी र निमा कुमारी गिरीलाई नगद रु. पाचँ÷पाचँ हजार, सम्मान पत्र तथा दोसल्लाद्धारा सम्मान गरिएको गाउँपालिका उपप्रमुख बिमला केसीले बताइन् ।

मदिरा नियन्त्रणमा इस्मा नमुना
केहि समय पहिलेसम्म जिल्लाका १२ स्थानीय तह मध्ये इस्मा सवैभन्दा धेरै बलात्कार, घरेलु हिंसा र आत्महत्याका घटना थिए । त्यो अवस्था अहिले फेरिएको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी र इस्मा गाउँपालिकाको सक्रियतामा मदिरा नियन्त्रण अभियान संचालन भएको छ । गाउँपालिकाले मदिरा नियन्त्रण सम्बन्धि कार्यविधी जिल्लामै पहिलो पटक कार्यान्वयनमा ल्याएको छ ।

कार्यक्रमलाई संबोधन गर्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले दुई महिना अघि र आजको इस्मा गाउँपालिकामा धेरै परिवर्तन भएको बताए । उनले अझै योजनबद्ध कार्यक्रम र प्रतिवद्धता इस्मा गाउँपालिकाले महिलाको क्षेत्रमा संचालन गर्न उनले आग्रह गरे । त्यस्तै गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले हरेक योजना र भावनामा महिलाहरुलाई आफुहरुले फरक दृष्टिकोण नबनाएको बताए ।

साथै कार्यक्रम संयोजक गाउँपालिका उपप्रमुख बिमला केसीले आफु दिवसको दिनमा मात्रै नभएर हरेक महिला दिदि बहिनीहरुको सुख र दुखमा रहेको बताइन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D