कोरोनाजिल्ला समाचार

गुल्मीका कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु

तिलाचन पाण्डे
तम्घास, कात्तिक १९ । गुल्मी स्थायी घर भई हाल दाङमा बस्दै आउनुभएका एक जना संक्रमित वृद्धको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नं ७ हटिया स्थायी घर भई हाल दाङमा छोरासंग बसोवास गर्दै आउनुभएका ८५ वर्षीय वृद्धको बुधबार बिहान करिब ८ बजे उपचारको क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिनुभयो । उहाँमा ५ दिन अगाडि संक्रमण पुष्टि भएको थियो । योसंगै जिल्लामा कोरोना संक्रमणका कारण ९ जनाको ज्यान गइसकेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D