जिल्ला समाचार

गुल्मीका कोरोना संक्रमित व्यक्तिको पुन पीसीआर परिक्षण गर्न कांग्रेस गुल्मीको माग, गलत सुचना प्रती आपत्ती

मनु सुनार (मनसुन)
गुल्मी, जेठ ०७ । नेपाली कांग्रेस गुल्मीले जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोटदहका कोरोना पोजेटिभ देखिएका व्यक्तिको पुन पीसीआर परिक्षण गर्न माग गरेको छ । बुधबार नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमति व्यक्तिको उपचारमा बिशेष ध्यान पुर्याउन माग समेत गरे ।

श्रेष्ठले भयावह प्रकोपको आशंकामा बिभिन्न स्थानमा बिरामीले उचित स्वास्थ्य सेवा नपाई मृत्युवरण गर्न परेकाले उपचाररत बिरामीको पुन पीसीआर परीक्षणका लागि जोडदार माग गरे । कोरोना भाइरस संक्रमित ४१ वर्षिय व्यक्तिको हाल रुपन्देहीको क्रिमसन अस्पतालको आईसियू कक्षमा भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ । तर अस्पतालको आधिकारिक विज्ञप्तिलाई वेवास्ता गर्दै कोभिड–१९ को कारण बिरामीको मृत्यु भयो भनी तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र जिम्मेवार व्यक्तिहरुले सञ्चारमाध्यममा दिएको गैरजिम्मेवार तथा भ्रामक अभिव्यक्ति प्रति नेपाली काँग्रेस गुल्मीको गम्भिर ध्यानाकर्षण भएको सभापति श्रेष्ठले उल्लेख गरे ।

श्रेष्ठले सम्बन्धित निकायबाट बिरामीको मृत्यु भएको आधिकारिक पुष्टि नभएको अवस्थामा बिरामीलाई मृतक घोषणा गर्न हतार गर्ने मानविय मूल्यहीन र संवेदनहीन कार्य नगरी जवाफदेही बन्न सम्बन्धित पक्षलाई सुझाव समेत दिए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker