टोपलाल अर्याल
गुल्मी, जेठ १७ । गुल्मी उद्योग बाणिज्य संघको टोलीले ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । नेपाल सरकारको रणनैतिक सडक सालझण्डी–सन्धिखर्क–ढोरपाटन अन्तरगत पर्ने पटौटी–खज्र्याङ्ग–तम्घास सडकको काम २०७० सालबाट शुरु भएको छ । निर्माण कार्य शुरु भएको चार बर्षसम्म कामले गति नलिएपछि टोलीले मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएको छ ।
यो सडक आयोजना समयमै सम्पन्न भए गुल्मीसहित अर्घाखाँची, पाल्पा र प्युठानको आर्थिक विकास हुनेछ । गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले मुख्यमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाउँदै सडकको अहिलेको अबस्थाको बारेमा जानकारी गराएका थिए । ज्ञापन पत्र बुझ्दै मन्त्री पोखरेलले यो ठुलो आयोजना भएकाले केन्द्रलेनै बजेटको व्यावस्था गर्ने र संबोधन नभएमा प्रदेश सरकारले व्यावस्था गर्ने बताए । ‘यो सडक सवैको गौरव र महत्वको बिषय हो,’उनले भने,‘केन्द्र र प्रदेशको समन्वयमा सम्पन्न गर्नुपर्छ ।’
५ नं प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाउँदै गुल्मीका उद्योग व्यावसायी
ज्ञापन पत्रमा सडक समयमै सम्पन्न भए गुल्मीको तम्घासदेखि २२ किलोमिटर दुरी कम हुने, गुल्मीबाट ७४ किलोमिटरमा पुर्वपश्चिम राजमार्ग भेटिने, बर्षेनी सिद्धबाबा पहिरोबाट हुने मानवीय तथा भौतिक क्षेति कम हुने, दैनिक उपभोग्य सामानको मुल्य सस्तो हुने, लुम्बिनी आएका पर्यटकलाई सजिलै रेसुङ्गाहुँदै ढोरपाटन पुराउन सकिने, कृषीजन्य पदार्थ सजिलै तराई पुराउन सकिने र रेसुंगा एयरर्पोटको थप प्रर्वद्धन गर्न सकिने उल्लेख गरिएको छ । जिल्लाका उद्योग व्यावसायी सहित प्रदेश सांसद कमलराज श्रेष्ट, खडग केशी र दिनेश पन्थीको टोली मुख्यमन्त्रीकोमा पुगेको थियो ।
सालझण्डी–पटौटी खण्डको काम सन्तोषजनक भएन ः टोली
गुल्मी उद्योग बाणिज्य संघ, जिल्ला समन्वय समिति, राजनैतिक दल र पत्रकार सहितको टोलीले सालझण्डी–पटौटी–खज्र्याङ्ग–तम्घास सडकको अवस्थाको बारेमा स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा पटौटी–खज्र्याङ्ग–तम्घासको पहिलो चरणको काम सन्तोषजन भएपनि सालझण्डी–पटौटीको सडकको काम सन्तोषजनक नरहेको जिल्ला समन्वय समितिका अध्यक्ष लक्ष्मण पराजुलीले बताए । त्यस्तै गुल्मी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष राजेन्द्र श्रेष्टले सालझण्डी–पटौटीको सडकको कामले गति लिए बैकल्पिक रुपमा साना ठुला गाडी संचालन गर्न सकिने बताए । उनले तीन जिल्लाको भाग्य र भविष्य जोडिएको सडकको काम समयमै पुरा हुनुपर्नेमा जोड ५ नं प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाउँदै गुल्मीका उद्योग व्यावसायी दिए ।