जिल्ला समाचार

गुल्मीका अर्याल परिवारद्वारा बाग्लुङको बिद्यालयमा २ लाख रुपैँयाको अक्षयकोष स्थापना

कौरव खत्री
गुल्मी, ०१ फागुन । बागलुङको एक विद्यालयको लागि अक्षयकोषको लागि २ लाख रुपैँया हस्तान्तरण गरिएको छ । बडिगाड गाँउपालिका ५ ग्वालिचौर स्थित भानु माध्यमिक विद्यालयको लागि गुल्मी जिल्ला मुसिकोट नगरपालिका १ भर्माचौर निवासी जीवन अर्यालका छोराहरु प्रकाश अर्याल र श्रीमती सावित्रा अर्याल, नारायण अर्याल श्रीमती सरस्वती अर्याल, छोरी सिर्जना अर्याल कंडेलले आफ्नी ममतामयी माता मनरुपा अर्याल र छोरा अर्चित अर्यालको स्मृतिमा अक्षयकोषमा स्थापना गरेका छन् ।

विद्यालयका स–साना बालबालिका खेल तथा मनोरञ्जनात्मक सामग्री र दिवा खाजा व्यवस्थापनको लागि २ लाख रुपैँया वरावरको अक्षयकोषमा स्थापना गरेको अर्याल परिवारले जनाएको छ ।

हाल रोजगारीको शिलशिलामा अष्ट्रेलियामा कार्यारत रहेका प्रकाश अर्याल र श्रीमती सावित्रा अर्यालले विद्यालयलाई रकम दिएको भानु माध्यमिक विद्यालयका शिक्षक बिष्णु प्रसाद आचार्यले जानकारी दिए ।

साथै अर्यालले यसअघि नै सोही विद्यालयको लागि नगद रु. २५ हजार सहयोग गरिसकेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D