गुल्मीकाे धुर्कोटमा बाघको आक्रमणबाट एक महिला घाइते

टोपलाल अर्याल
गुल्मी भाद्र २१,गुल्मीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक, भुवान गैराखर्क बस्ने ३१ वर्षीया तारादेवी पोखरेल बाघको आक्रमणबाट घाइते भएको स्थानीय कृष्ण अधिकारीले जानकारी दिए ।

बिहान ६ बजे खोरबाट बाख्रा बाहिर निकाल्ने क्रममा उनलाई बाघले झम्टेको थियो । बाघले पोखरेलको अनुहार र गर्धनमा चोट पुर्‍याएकाे छ ।

उनको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको वडाध्यक्ष मान बहादुर कुँवरले बताए । बाख्राको खोरमा बसेको बाघले २ वटा बाख्रा समेत मारेको छ।
साभार: नया पत्रिका दैनिक

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ