टोपलाल अर्याल
गुल्मी भाद्र २१,गुल्मीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक, भुवान गैराखर्क बस्ने ३१ वर्षीया तारादेवी पोखरेल बाघको आक्रमणबाट घाइते भएको स्थानीय कृष्ण अधिकारीले जानकारी दिए ।
बिहान ६ बजे खोरबाट बाख्रा बाहिर निकाल्ने क्रममा उनलाई बाघले झम्टेको थियो । बाघले पोखरेलको अनुहार र गर्धनमा चोट पुर्याएकाे छ ।
उनको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको वडाध्यक्ष मान बहादुर कुँवरले बताए । बाख्राको खोरमा बसेको बाघले २ वटा बाख्रा समेत मारेको छ।
साभार: नया पत्रिका दैनिक