gulminews logo
बुधबार, २०७९ असार १५

गुल्मिमा एम्बुलेन्सको भाडादर बढ्यो: काठमाडौं जान एकैपटक ७ हजार बढ्यो, कहाँ जान कती? हेर्नुस्

हुमाकान्त पोखरेल
गुल्मी, ०४ असार । गुल्मीको रेसुङ्गा नगरपालिकाबाट देशका विभिन्न ठाउँका लागि एम्बुलेन्सको भाडादर बढेको छ । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएसँगै जिल्ला सदरमुकामबाट बुटबल, पोखरा, भैरहवा, काठमाडौ लगायतका स्थानमा जानको लागि एम्बुलेन्सको भाडादर बढाइएको हो । जसअनुसार सदरमुकाम तम्घासबाट काठमाडौं जानको लागि १६ हजारबाट बढाएर २३ हजार पु¥याइएको छ ।

तम्घासबाटै चितवनसम्म जानको लागि १० हजारबाट बढाएर १५ हजार, पोखरासम्म जानको लागि १० हजारबाट बढाएर १४ हजार पु¥याइएको छ । त्यसैगरी भैरहवाको लागि ६ हजारबाट बढाएर आठ हजार एवं बुटबल जानको लागि पाँच हजारबाट बढाएर सात हजार पु¥याइएको जिल्ला एम्बुलेन्स चालक संघका सचिव युवराज बस्नेतले जानकारी दिए । रेसुङ्गा नगरपालिकाभित्र पनि तम्घास बजारलाई आधार मानेर नयाँ भाडा कायम गरिएको हो ।

तम्घासभन्दा बाहिर पक्की सडकमा प्रति किलोमिटर ६० रुपैँया र कच्ची सडकमा प्रति किलोमिटर १२० रुपैँयाका दरले भाडा लिइने बस्नेतले बताए । रेसुङ्गा नगरपालिकाको वडा नम्बर ६ गुरुङ्गगाउँको, वडा नम्बर १० सिमिचौरको फेदी र वडा नम्बर १४ पराल्मी सबैभन्दा टाढाका क्षेत्र हुन् । जिल्लामा ०६७ सालमा कायम भएको भाडादर नै लागु भएकोले प्रशासन र स्वास्थ्य कार्यालयमा भाडा समायोजनको लागि पटक–पटक गएकोे बस्नेत बताउछन् ।

यसपटक जेठ १५ गतेबाट नै लागु हुनेगरी सम्बन्धित सरकारी कार्यालयहरुसँग मौखिक सहमती गरी भाडा बढाइएको बस्नेतले जानकारी दिए । भाडा बृद्धि गरेसँगै निजि स्वास्थ्य संस्थाहरुले नयाँ भाडादर कायम भएको सूचना प्रकाशन गरेका छन् । भाडादर बृद्धि भएको सम्बन्धमा प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालयमा औपचारिक रुपमा जानकारी गराइएको बस्नेतको भनाई छ । स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपती आचार्यले मौखिक रुपमा भाडादर समायोजन गर्ने सहमति भएको प्रतिक्रिया दिए ।

यो पनि पढ्नुस्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

राष्ट्रिय भुमी आयोग गुल्मीद्धारा मुसिकोटका सरोकारवालासँग अन्तरक्रिया

सागर भण्डारीमुसिकोट, असार १३ । राष्ट्रिय भुमी आयोग जिल्ला समिति गुल्मीले मुसिकोट नगरपालिका स्थित सरोकारवालाहरुसगं

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D