जिल्ला समाचार

गीता परियार बनिन् मालिका लोक तारा

टोपलाल अर्याल
गुल्मी, ३ असार । मालिका लोक तारा मालिका गाउँपालिका ४ अर्खाबाङ्गकी गीता परियार बनेकी छन् । उनलाई गाउँपालिका अध्यक्ष रित बहादुर थापाले नगद १५ हजार, मायाको चिनो र प्रमाण पत्रले सम्मान गरे । साथै मालिका ३ ह्वाङदीकी बिष्णु विक लोक उपतारा भएकी छन् ।

परीयारले नगद १० हजार नगद, मायाको चिनो र प्रमाण पत्र प्राप्त गरेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । त्यस्तै मालिका २ दर्लिङकी कल्पना घर्ति मालिका २ दर्लिङ्ग सान्तोना हुँदै नगद पाँच हजार र मायाको चिनो र प्रमाणपत्र प्राप्त गरेको गिरीले बताए । फाइनल चरणमा प्रवेश गरेका १७ जना प्रतियोगीले नै सहभागीताको प्रमाणपत्र पाएका छन् । पहिलो अडिसनमा घमिरबाट १२ जनामा पाँच जना र दर्लिङ्गबाट १६ मा १२ जना फाइलन चरणमा प्रवेश गरेका थिए ।

कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिका अध्यक्ष थापाले स्थानीय कला संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्ने साथै टोल बस्तीमा लुकेका प्रतिभाको पहिचान गर्न मालिका लोक तारा संचालन गरिएको बताए । उनले मालिका लोक तारा अव मालिकाको मात्रै नभएर जिल्ला र राष्ट्रको तारा बन्नुपर्ने शुभेच्छा व्यक्त गरे । मालिका लोक ताराको तुल्सी स्मृति युवा क्लवले व्यावस्थापन गरेको थियो । क्लवका अध्यक्ष दिपेन्द्र घर्तिको अध्यक्षता रहेको कार्यक्रमको संचालन राष्«िटय लोक दोहोरी गीत प्रतिष्ठान गुल्मीका सचिव बसन्त खत्रीले गरेका थिए ।

कार्यक्रममा राष्«िटय लोक दोहोरी गीत प्रतिष्ठान गुल्मीका उपाध्यक्ष तथा गायक तुलसिंह रनपछाई र गायीका बिष्णु ठटराईको बिशेष प्रस्तुती रहेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता शोभाखर गिरी र वडा नं २ का बडाध्यक्ष युद्धविर घर्तिले प्रत्येक बर्ष संचालन हुने यो अभियानले धेरै लोक प्रतिभाहरु अहिलेको बजारमा आउने बताए । यो कार्यक्रम जिल्लाका स्थानीय निकायहरुमा नौलो भएको प्रतिक्रिया दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D