gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गाउँमै निशुल्क उपचार पाएपछि स्थानीय दंग, पुरुष भन्दा तेव्वर महिलाले लिए नि:शुल्क सेवा

टोपलाल अर्याल
गुल्मी, १८ चैत । गुल्मीको इस्मा गाउँपालिका ६ का नुरा बहादुर पराजुली हाड जोर्नी दुख्ने समस्याले थलिएको धेरै भयो । घरमै घरेलु उपचार धेरै पटक गरे । तर फरक परेन । उनी आइतबार इस्मा गाउँपालिका ६ को अम्मपुर स्वास्थ्यचौकीमा संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा आए ।

शिविरमा हाडजोर्नी बिशेषज्ञ डाक्टरसंग चेक जाँच गराएर औषधी पाएपछि पराजुली नी निकै खुशी छन् । अम्मरपुरकै सोवि कुमाल पनि बाथको बिरामी हुन् । एक दिनको मेलापात छोडेर आएकी निशुल्क उपचार पाएपछि प्रसन्न छन् । ‘महिनौदेखि हात खुट्टा दुख्ने र खान मिठो भएकोे छ, गाउँमै धेरै पटक धामीझाँक्री गरे,’उनले भनिन,‘तम्घास जाउँला भनेकी थिए, घरमै उपचार पाएँ खुसी छु ।’ बुल्म चौरकै बिपन्न चुरी कुमाललाई पनि लामो समयदेखि मुटु दुख्ने समस्या छ । मजदुरी गरेर घर धानेकी उनीसंग उपचार गर्न शहर जाने पैसा भएन् ।

कुमाल घरमै निशुल्क उपचार पाएपछि त्यसलाई सौभाग्य ठान्छिन् । लठ्ठीको सहारामा उपचार गर्न आएका ६४ बर्षिय उचे कुमालले खडजुरो भन्दै घरमै धेरै औषधी मुलो गरे । बिसको उन्नीस भएन् । रेडियोमा निशुल्क स्वास्थ्य शिविरको सुचना थाहा पाएका उनी आइतबार बिहानै स्वास्थ्यचौकी आए । उनले शिविरमा विशेषज्ञ डाक्टरको सल्लाह अनुसार औषधि पनि पाए । युरिक एसिड रैछ भन्ने समेत पत्तो लाग्यो । ‘सदरमुकाम जाँदा आउँदा दुई हजारले पुग्दैन,’उनले भने,‘डाक्टरले मुख बार्न भनेका छन्, निशुल्क चेक जाँच र औषधी पाएपछि धेरै खुसी लाग्यो ।’

गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच स्थापीत गरौ ः गौतम
गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिएको हिमा स्मृति कोषमा संस्थापक तथा पुर्व संयुक्त राष्ट्रसंघका उपमहासचिव कुलचन्द्र गौतमले बताए । ‘अझै पनि विपन्न नागरिक सामान्य उपचार अभावले पिरोलिएका छन्,’उनले भने,‘एउटा सानो प्रयासले झण्डै एक हजारले सेवा लिए, निकै आनन्द लाग्यो ।’ शिविरमा लुम्बिनी मेडिकल कलेज पाल्पाका हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर महेशराज घिमिरे, स्त्रीरोग बिशेषज्ञ डाक्टर सेबिना बानियाँ र डाक्टर प्रितम प्रधान सहितको एक दर्जन चिकित्सकहरुलेको बिरामीहरुको स्वास्थ्य परिक्षण गरेको कोषका सदस्य सुजन गौतमले जानकारी दिए ।

पुरुष भन्दा तेव्वर महिलाले सेवा लिए
इस्मा गाउँपालिका र हिमा स्मृतिकोषको आयोजनामा दुई दिनसम्म सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा महिलाहरुको उल्लेख्य सहभागीता देखिएको छ । पुरुषको तुलनामा तेव्वर महिलाहरुले स्वास्थ्य परिक्षण गराएर औषधी लिएका छन् । दुई दिनसम्म संचालन भएको शिविरमा छ सय ९७ महिला र दुई सय ५३ पुरुष गरी नौ सय ५० हजार नागरिकले सेवा लिएका छन् । हाडजोर्नी तथा नशाका तीन सय, स्त्रीरोग सम्बन्धि तीन सय र तीन सय ५० जनालाई सामान्य चिकित्सा सेवा सेवाहरु प्रदान गरिएको गौतमले बताए ।

गाउँपालिकाबाट चार बृहत स्वास्थ्य शिविर
सामान्य खर्चको अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी इस्मा गाउँपालिकाले यो बर्ष चार स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको प्रमुख प्रसासकीय अधिकृत सरोज पोखरेलले बताए । उनले अहिलेसम्म इस्मा गाउँपालिका ५ को इस्मा रजस्थल र वडा नं ६ को अम्मरपुरमा निशुल्क बृहत शिविर सम्पन्न भएको जानकारी दिए । अव दुई स्थानमा पनि केहि समयमै कार्यक्रमको आयोजना गरिने पोखरेलले बताए । गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्ने नागरिकको समस्या प्रति आफु गम्भिर भएकाले स्वास्थ्यको क्षेत्रका थुप्रै कामहरु अगाडी सारिएको बताए । ‘स्वास्थ्य संस्था पनि व्यवस्थित गर्दैछौ,’शिविर मार्फत पनि नागरिकलाई दैलोमै सेवा दिने काम थालिएको छ,‘बिष्टले भने,‘क्रमैसंग जनताका अपेक्षा पुरा गर्ने हो ।’

गाउँमा बिकराल आङ खस्ने र हाडजोर्नीको समस्या
जिल्लाको विपन्न र विकट गाउँहरुमा महिलाहरुको आङ खस्ने र हाडजोर्नीको समस्या विकराल बन्दै गएको छ । जनचेतना अभाव र खानपानको समस्याले ग्रामिण समुदायका महिलाहरुमा आङ खस्ने र महिला पुरुष दुवैमा हाडजोर्नीको समस्या झाँङगिदै गएको छ । जनचेता अभावकै कारण तीन÷तीन महिनामा फेर्नु पर्ने रिङ्ग समयमै नफेर्ने, पोषिलो खानेकुरा नखाने, महिनावारीको वेला सफा नरहने, सानो उमेरमै बच्चा जन्माउँने, गरुङ्गो भारी बोक्ने लगायतका कारण महिलाहरु पाठेघरको समस्याले पिल्सिएको लुम्बिनी मेडिकल कलेजकी स्त्री रोग बिशेषज्ञ डाक्टर सेविना बानियाँले बताइन् ।

समस्या बताउन लजाउने, आङ खस्ने कारण र यसबाट बच्ने उपायबारे जानकारी नहुँदा समस्या कायम रहेको स्यम स्वास्थ्यकर्मी स्वीकार गर्छन । डाक्टर बानियाँले आमा दिदिबहिनीहरुको स्वास्थ्यमा सुधार गर्न चेतनामूलक कार्यक्रमललाई प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताउँछिन् । उनले परिवार नियोजनको साधन प्रयोग गर्नेहरु महिलाहरु धेरै भएपनि प्रयोगपछिको संकेत बारे जानकार नहुँदा देखिने समस्याबाट अनावश्यक पिरोलिने गरेको बताइन् । त्यस्तै लुम्बिनी मेडिकल कलेजकै हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर महेशराज घिमिरेले शिविरमा आएका धेरै बिरामीहरुमा हाडजोर्नी खिइने समस्या रहेको बताए । घिमिरेका अनुसार खानपानमा ख्याल नगर्ने, धेरै रक्सी खाने, भारी बोक्ने र उकालो ओरालो धेरै गर्ने गर्दा हाडजोर्नी खिइने र दुख्ने समस्या हुने गर्दछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D