जिल्ला समाचार

गाउँमै अपांगता परिचयपत्र वितरण, ईस्माका २ सय २७ जनाले पाए परिचय पत्र

टोपलाल अर्याल
गुल्मी, २० जेठ । इस्मा गाउँपालिकाले गाउँ घरमै पुगेर दुई सय २७ जनालाई अपाङगता परिचय पत्र वितरण गरेको छ । इस्मा गाउँपालिकाका ६ वटा वडामा अपाङ्ग ८४ पुरुष र एक सय ४३ महिलाले अपाङगता परिचय पत्र पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए । गाउँपालिकाले गत बैशाख १५ गते वडा नं ६ को अम्मपुरबाट परिचय पत्र वितरण अभियान थालेको थियो । गाउँपालिकाका ६ वटै वडामा क बर्गका ३२, ख वर्गका ७९, ग वर्गका ६१ र घ वर्गका ६५ जनाले परिचय पत्र पाएको बस्नेतले बताए ।

त्यस्तै इस्मा गाउँपालिका वडा १ मा ६ जना महिला र ११ पुरुष गरि १७ जनाले परिचय पत्र प्राप्त गरेका छन् । जसका क वर्गका चार, ख वर्गको १० र घ वर्गका तीन जना रहेका छन् । वडा नं २ मा महिला ११ पुरुष १३ गरि २४ जनाले अपाङता परिचय पत्र प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । जसमा क वर्गका तीन, ख वर्गका सात साथै ग र घ सात÷सात जनाले परिचय पत्र प्राप्त गरेका छन् । वडा नं ३ मा १३ महिला र २५ गरि ३८ जनाले परिचय पत्र पाए । जसमा क वर्गका सात, ख वर्गका नौ तथा ग र घ वर्गका ११÷११ जनाले परिचय पत्र पाएका छन् ।

त्यस्तै वडा नं ४ मा पुरुष ३९ र महिला १६ जना गरि ५५ जनाले अपाङता परिचय पत्र पाएको वडाध्यक्ष गनु प्रसाद अधिकारीले बताए । ५५ जना मध्ये क वर्गका पाँच, ख वर्गका १९, ग वर्गका १८ र घ वर्गका १३ जनाले परिचय पत्र प्राप्त गरेका छन् । वडा नं ५ मा भने पुरुष १५ र महिला १६ गरि ३१ जनाले परिचय पत्र पाए । जसमा क वर्गका चार, ख वर्गका नौ तथा ग र घ वर्गका ९÷९ जनाले अपाङता परिचय पत्र प्राप्त गरेका छन् । भने वडा नं ६ मा महिला २० पुरुष ४२ गरि ६२ जनाले परिचय पत्र प्राप्त गरेको वडाध्यक्ष हिरा जिसीले बताए । जसमा क वर्गका नौ, ख वर्गका १५, ग वर्गका १६ र घ वर्गका २२ जनाले अपाङता परिचय पाएको जिसीले बताए ।

अब गाउँपालिकाले प्रत्येक महिनाको ५ गते गाउँपालिकाबाट अपाङता परिचय पत्र वितरण गर्नेछ । अघिल्ला बर्षहरुमा महिला तथा बालबालिका कार्यालयले अपाङ्गता परिचय पत्र वितरण गर्ने गरेको थियो । कार्यालय खारेज भएपछि स्थानीय सरकारको काँधमा जिम्मेवारी थपिएको छ । गाउँपालिकाले अपाङ्ग परिचय पत्रसम्बन्धी कार्यबिधी बनाएर स्थानीय तहबाटै अपाङ्गता परिचय पत्र वितरण गरेको स्थानीय समन्वय समिति संयोजक तथा गाउँपालिका उपप्रमुख विमला खत्रीले बताइन् । जसका कारण थुप्रै पैसा खर्च गरेर सदरमुका पुग्नुपर्ने बाध्यता हटेको छ ।

पूर्ण अशक्त अपाङ्गतालाई रातो परिचय पत्र, अति अशक्त अपाङ्गलाई निलो, मध्यम अपाङ्गलाई पहेंलो र समान्य अपाङ्गता भएको व्यक्तिलार्ई सेतो परिचय पत्र वितरण गरिएको गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख गंगा पन्थीले बताइन् । सरकारले रातो परिचय पत्र भएकालाई दुई हजार र निलोलाई ६ सय मासिक समाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।

गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले अपाङ्ग व्यक्तिलाई परिचय पत्र वितरण गर्दै राज्यले दिने सेवा सुविधासहित थप जिविकोपार्जनमा टेवा पुराउने कार्यक्रम गाउँपालिकाले संचालन गर्ने बताए । उनले अहिले पनि केहि रचनात्मक कामहरु गाउँपालिकाले गरिरहेकाले अर्को बर्ष अझै व्यवस्थित गरेर जाने प्रतिवद्धता व्यक्त गरे ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker