हुमाकान्त पोखरेल
गुल्मी, ०९ पौष । धुर्कोट गाउँपालिका ६ रजस्थल काफलपानीमा अस्पताल बनाउन स्थानीयले निःशुल्क रुपमा जग्गा प्रदान गरेका छन् । स्थानीय चार जना मिलेर ४० लाख बराबरको १० रोपनी जग्गा अस्पताल व्यवस्थापन समितिलाई प्रदान गरेका हुन् ।
स्थानीय डेमलाल पोखरेल र लक्ष्मी थापाले तीन-तीन रोपनी तथा विष्णु जिसी र लक्षमण भण्डारीले दुई-दुई रोपनी जग्गा प्रदान गरेको गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले जानकारी दिए । गत बर्ष संघिय सरकारले निर्णय गरेबमोजिम धुर्कोट गाउँपालिका ६ मा १५ शैयाको अस्पताल बन्दैछ ।
संघिय आयोजना कार्यान्वयन इकाई रुपन्देही मातहतमा बन्ने अस्पतालको सबै सेवा निःशुल्क हुने उपाध्यक्ष खत्रीले जानकारी दिए । अस्पताल बाल तथा अपाङ्गमैत्री हुने जनाइएको छ ।