जिल्ला समाचार

गाउँपालिकाद्वारा २०० जना बृद्ध-बृद्वाहरुलाई रेडियो र लौरो बितरण

अनिल खत्री
१९ असार, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले बृद्धहरुलाई रेडियो सेट र लठ्ठी बितरण गरेको छ । गाउँपालिका भित्रका ७ वटै वडामा रहेका २ सय जना बृद्धहरुलाई रेडियो सेट र लठ्ठी बितरण गरिने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।

बृद्ध अबस्थामा एक्लै बसेको बेला मनोरञ्जन र ज्ञानका कुराहरु सुन्नको लागि रेडियो सेट बितरण गरिएको अध्यक्ष पोखरेलले बताए । बृद्धहरु हिड्डुल गर्दा साहाराको लागि रेडियो सेटसँगै लठ्ठी बितरण गरिएको अध्यक्ष पोखरेलको भनाई छ ।

गाउँपालिकाले ७५ वर्ष माथीका बृद्धहरुलाई रेडियो सेट र लठ्ठी बितरण गर्ने भएको छ । पहिलो चरणमा बिहिवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष पोखरेल, उपाध्यक्ष शिबबहादुर खत्रीले २८ जना बृद्धालाई रेडियो सेट र लठ्ठी बितरण गरेका थिए ।

बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खत्रीले बृद्ध अबस्थामा गाउँपालिका बृद्धहरुको लागि साहरा दिन्छ भन्ने सन्देश स्वरुप रेडियो सेट र लठ्ठी बितरण गरिएको बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D