gulminews logo
बिहीबार, २०८० चैत्र १५

गाउँपालिकाको केन्द्र टुङ्गाउन माग

हुमाकान्त पोखेरेल
गुल्मी, २५ पौष । ‘चुनावको समयमा गाउँपालिकाको केन्द्र चाप्टारी हुन्छ भन्नुहुन्थ्यो, तर अझैसम्म पनि केन्द्र टुङ्गाउन सक्नुभएन ।’ इश्मा गाउँपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाईमा वडा नम्बर ५ कि कमला आचार्यले भनिन्, ‘प्रतिवद्धता चुनाव केन्द्रत भए ।’ सार्वजनिक सुनुवाईमै उपस्थित अर्का स्थानीय रेशम रेग्मीले गाउँपालिकाले अझैसम्म केन्द्रको टुङ्गो लगाउन नसक्नु दखद पक्ष भएको बताए । ‘इश्माका जनप्रतिनिधीहरुले धेरै राम्रो काम गर्नुभएको छ, मैले बुझ्छु ।’ उनले भने, ‘तर अझैसम्म केन्द्र टुङ्गाउन सक्नुभएको छैन, तपाईहरुका सबै काम ओझेलमा परेका छन् ।’

स्थानीय तहको गठन हुँदा नै इश्मा गाउँपालिकाको केन्द्र चाप्टारी राख्ने सहमती भएको स्मरण गराउदैँ अहिले केन्द्रको बिषयमा बहस नै आवश्यक नभएको धारणा राखे । ‘गाउँपालिकाको केन्द्र कुनै बहसको बिषय बनाउनुपर्ने होइन ।’ उनले भने, ‘निर्विकल्प चाप्टारी राख्ने सहमती भएको हो ।’ अहिले इश्मा गाउँपालिकामा गाउँपालिका केन्द्रको बिषयले चर्चा पाएको छ । इश्माले स्थानीय तह गठन भएको दुई बर्षसम्म पनि गाँउपालिकाका रहने ठाउँ अझैसम्म तोक्न सकेको छैन । स्थानीय तह गठन हुनुभन्दा पहिले राजनीतिक दलको बैठकले चाप्टारी केन्द्र बनाउने सहमति भएको थियो । तर पछि राजपत्रमा साविकको रजस्थल गाविस अर्थात अहिले इश्मा गाउँपालिका वडा नम्बर ५ लाई केन्द्र मान्ने भनी प्रकाशित भयो । त्यसपछि चाप्टारीमा केन्द्र रहन नसकेको गाउँपालिकाले जनाएको छ । ‘पहिले सहमती भएकै हो, तर पछि कानुनले दिएन ।’ गाउँप्रमुख लक्षमण विष्टले भने, ‘कानुभन्दा माथि रहेर काम गर्न हामिलाई पनि मिल्दैन ।’ उनले आगामी गाउँसभाबाट गाउँपालिका केन्द्रको बिषयमा केहि निष्कर्ष निकाल्ने समेत प्रतिवद्धता जायर गरे । केन्द्रको बिषयमा आफू निकै गम्भिर रहेको भन्दै सकेसम्म छिट्टै उपयुक्त स्थानमा गाउँपालिका केन्द्र बनाउने समेत उनले आश्वासन दिए ।

इश्मासहित जिल्लाका दुई ओटा स्थानीय तहले अझैसम्म पनि गाउँपालिका केन्द्रको टुङ्गो लगाउन सकेका छैनन् । मदाने गाउँपालिकाले पनि अझैसम्म केन्द्र टुङ्गाएको छैन । मदानेले अहिले अस्थायी केन्द्रको रुपमा वडा नम्बर ६ पुर्कोट दहबाट कार्यालय संचालन भइरहेको छ ।

४ स्थानीय तहका भवन बन्दै

गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन् । चार वटा स्थानीय तहले भवन बनाउन सुरु गरेका छन् । सबैभन्दा पुरानो रेसुङ्गा नगरपालिकाको भवन वडा ९ नम्बर मा बन्दै छ । तिन बर्षदेखि बनाउन सुरु गरिएको भवन अहिले बजेट अभावमा काम रोकिएको छ । प्रदेशमा बजेटको माग गरिएपनि बजेट आउने-नआउने केहि निश्चित नभएकोले भवन सम्पन्न हुन अझै केहि बर्ष लाग्ने सुचना अधिकारी शंकर प्रसाद गौतमले जानकारी दिए । मालिका गाउँपालिकाको केन्द्र वडा नम्बर ४ अर्खबाङ्गमा राख्ने निर्णय भएसँगै भवन निर्माण काम अन्तिम चरणमा पुगेको छ । ढिलोमा माघको पहिलो सातासम्म नयाँ भवनबाट कार्यसम्पादन गर्ने तयारी गरिएको प्रवक्ता शोभाखर गिरिले जानकारी दिए । त्यस्तै धुर्कोट गाउँपाकिलाको केन्द्र वडा नम्बर ४ जैसिथोकमा छ । धुर्कोटमा पनि अबको करिब दुई महिनाभित्र नयाँ भवनबाट कार्यसम्पादनको तयारी भइरहेको गाउँपालिका प्रमुख भुपाल पोखरेलले जानकारी दिए । रुरु गाउँपालिकाको केन्द्र वडा नम्बर ४ बलेटक्सारमा राख्ने सहमति भएको छ । त्योसँगै भवन निर्माणको काम पनि सुरु भएको प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरिले जानकारी दिए । पहिलो चरणमा घडेरी सम्माउने सम्मको काम भएको उनले जानकारी दिए ।

सत्यवती गाउँपालिकाको केन्द्र वडा नम्बर ६ जोहाङ्ग खैरेनीमा अवस्थित छ । भाडामा बस्दै आएको गाउँपालिका कार्यालयको नयाँ भवनको बिषयमा केहि टुङ्गो नभएको प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीले जानकारी दिए । चन्द्रकोट गाउँपालिकाको केन्द्र वडा नम्बर ४ शान्तिपुरमा निर्विवादित छ । नयाँ भवनको लागि जग्गा प्राप्त भएकोले ढिलोमा एक सातासम्म जग्गा लिलाम गरिसक्ने गाउँपालिका अध्यक्ष दोर्ण खत्रीले बताए । गुल्मीदरबार गाउँपाकिलाको केन्द्र वडा नम्बर ३ गैडाकोटमा छ । भाडामा बस्दै आएको गाउँपालिकाको नयाँ भवन बनाउने जग्गा एक हप्ताभित्र टुङ्गो लाग्ने प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । मुसिकोट नगरपालिकाको केन्द्र वडा नम्बर ७ वामिमा छ । नगरपालिकाको नयाँ भवन बनाउन जग्गा प्राप्त भएपनि भवन बनाउने काम भने सुरु भएको छैन । कालिगण्डगी गाँउपालिकाले वडा नम्बर ४ पूर्तिघाटबाट कार्यसम्पादन गरिरहेको छ । गाउँपालिकाको नयाँ भवनको बारेमा कुनै सुरसार छैन ।

जिल्लाका सबै स्थानीय तहमा सवन्वय तहमा समन्वय गर्ने दायित्व जिल्ला समन्वय समितिको हुन्छ । जिल्ला समन्वय समिति गुल्मीले गाउँपालिकाका केन्द्र निर्धारण सम्बन्धमा सम्बन्धित स्थानीय तहहरुलाई सुझाव दिइरहेको जनाएको छ । ‘मदानेमा धेरै विवाद छैन, विवाद इश्मामा हो ।’ जिल्ला समन्वय समिति अध्यक्ष लक्षमण पराजुलीले भने, ‘इश्मालाई छिटो केन्द्र टुङ्गाउन सुझाव दिएका छौ ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D