gulminews logo
शनिबार, २०७९ जेष्ठ ७

गाउँको दुःखमा लायन्स क्लव, इस्मा गाउँपालिकामा राहत सामग्री प्रदान

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

टोपलाल अर्याल
गुल्मी, २७ चैत। लायन्स क्लव अफ वुटवल सिटी इस्मा गाउँपालिकामा राहत बोकेर आएको छ । यो निकै उदाहरणीय काम हो । जसले बिपद्मा गाउँपालिकालाई साथ मिलेको छ । कोरोना संक्रमणको कारण लकडाउन बढ्दै गएकाले आउन सक्ने खाद्य संकटलाई टार्न राहत सामग्री लिएर आएको क्लवमा निर्देशक कृष्ण बहादुर जिसीले बताए ।

क्लवका निर्देशक तथा राहत वितरण समिति संयोजक कृष्ण बहादुर जिसी, क्लवका पुर्व अध्यक्ष धर्मबिर खत्रीले राहत सामग्री गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत नारायण महत र वडाध्यक्ष कलानिधी भण्डारीलाई प्रदान गरेका थिए । क्लवले आठ सय ७५ किलो चामल, ९० किलो दाल, ४० लिटर तेल, ५० किलो नुन र तीन सय पिस माक्स प्रदान गरेको निर्देशक जिसीले जानकारी दिए । उनले आफुहरुले सवै ठाउँमा काम गर्नुपर्ने भए पनि आफ्नै गाउँलाई प्राथमिकतामा राखेर आएको बताए ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले सवैको सहयोग र समन्वयले मात्रै बिपद्को सामना गर्न सकिने भएकाले क्लवले प्रदान गरेको सहयोग प्रति हार्दिक आभार प्रकट गरे । उनले गाउँपालिकाले बिपद् व्यावस्थापन खाता निर्माण गरेकाले सवैलाई सहयोग गर्न आग्रह पनि गरे । गाउँपालिका उपप्रमुख बिमला खत्रीले इस्मा जन्मेर कर्मभुमि बाहिर बनाएकाहरुलाई कृष्ण बहादुर जिसीले समाजसेवाको नमुना देखाएकोमा प्रसंसा गरिन् । ‘कैयन गर्नसक्ने व्यक्तिहरु गाउँपालिका र जनप्रतिनिधीको कम्मेन्ट गर्न सामाजिक संजाल कुरेरै बसेका छन्,’उनले भनिन,‘मान्छे चिन्ने र समय बिपद्मा रहेछ ।’

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D