जिल्ला समाचारसकारात्मक कुरा

गाउँको दुःखमा परदेशको मलम, इस्माका बिपन्न कुवंर परिवारलाई ५० हजार सहयोग

टोपलाल अर्याल
गुल्मी, ९ साउन । इस्मा सेवा समाज दोहा कतारले बिपन्न कुवंर परिवारलाई सहयोग गरेको छ । इस्मा गाउँपालिका ४ दोहलीका भिम बहादुर कुवंरको परिवारलाई नगद ५० हजार हस्तान्तरण गरेको हो । केहि समय अघि सडक दुर्घटनामा मृत्यु भएका कुवंरको पारिवारीक अवस्था अत्यन्तै नाजुक भएकाले जीविकोपार्जनमा थप टेवा पु¥याउन रकम हस्तान्तरण गरिएको समाजका अध्यक्ष सुन्दर बस्नेतले बताए ।

इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्ट, उपप्रमुख बिमला खत्री र समाजका प्रतिनिधी डण्डापाणी अर्यालले संयुक्त रुपमा आमा कमला कुवंरलाई रकम हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरण गर्दै गाउँपालिका प्रमुख बिष्टले आफ्र्न पारिवारीक अर्थोपार्जनको लागि परदेशमा रहेका नेपालीले छिमेकीलाई गरेको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले सहयोग गर्ने संस्था प्रति आभार प्रकट समेत गरे । उनले कामको शिलसिलामा दोहा कतारमा रहेका इस्मा तथा गुल्मी र अन्य जिल्लाका समेत युवाहरुको सक्रियतामा रकम संकलन गरिएको जानकारी दिए ।

सेवा समाजले विभिन्न समस्या रहेका परिवार र समुदायमा सहयोग गर्दै आएको छ । भिम बहादुर कुवंर रोजिरोटीकै लागि ०७० सालमा मलेसिया पुगेका थिए । अचानक ०७४ चैत्र ९ गते दुर्घटनामा परेको श्रीमति धनी कुवंरले बताइन् । उपचारकै क्रममा कुवंरको ०७५ भदौ १९ गते निधन भएको थियो । कुवंरका तीन छोरी, श्रीमतिसंगै आमा घरमा छन् ।

सहयोग रकम बुझ्दै दिवंगत कुवरकी आमा कमलाले पीडामा मलम लगाउने इस्मा सेवा समाज दोहा कतारलाई धन्यवाद दिइन् । उनले घरमुली मृत्युपछि आश गरेको जेठो छोरा माथी परेको बज्रपातले आफुसंगै परिवारमा निकै समस्या भएको बताइन् । ‘साहुको क्रृण तिर्ने छोरोको सास भेटिएन घरको मुली खाँबो ढल्यो,’उनले भनिन,‘ दैनिक गासकै समस्या प¥यो ।

सहयोग हस्तान्तरण गर्न गाउँपालिका प्रमुख बिष्ट, उपप्रमुख खत्री, समाजका प्रतिनिधी अर्याल, इस्मा गाउँपालिका कार्यपालिका सदस्य कमला विक, नेपाल पत्रकार महासंघ गुल्मीका सचिव टोपलाल अर्याल, स्थानीय युवा उद्यमी मान बहादुर बस्नेत लगायतको टोली कुवंरको परिवारमा पुगेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D