gulminews logo
बिहीबार, २०७९ असार १६

गर्न नसक्ने योजना बाँड्दै हिँड्दिनँ : मन्त्री झाँक्री

गुल्मी, पुष १७ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफुले गर्न नसक्ने योजना बाँडेर जनता झुक्याउने काम नगर्ने बताएकी छन् ।

धुर माध्यमिक विद्यालय धुर्काेट गुल्मीको ५९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री झाक्रीले सो कुरा बताएकी हुन् । शनिबार बिद्यालयमा आयोजित कार्यक्रममा उनले शिक्षालगायतका विकासमा धुर्काेटसँग हातेमालो गर्ने पनि बताएकी छन् ।

धुर्काेटको शिक्षाक्षेत्र लगायत अन्य विकासका काममा आफुले हातेमालो गर्ने बताएकी हुन् । नेपालको शिक्षा नीतिलाई परिवर्तन गर्न आवश्यक रहेको मन्त्री झाँक्रीको भनाइ छ ।

विद्यालयको सरंचना कस्तो बनाउने भन्ने कुरा ठुलो भएको बताउँदै उनले सिकाई, पढनपाठन कस्तो छ भन्ने कुरा महत्वपूर्ण रहेको बताइन् ।
सरकारी विद्यालयमा देशभर नै शिक्षकको दरबन्दी अभाव रहेको भन्दै यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर सरकार गम्भीरतापूर्वक लागेको उनको भनाइ छ । उनले भनिन्, ‘अहिले म गर्न नसक्ने योजना बाँड्दिन । हिजो कसैले बोलेर जनतालाई झुक्याएर काम नगरेको उदाहरण छ । त्यसैले काम गरेपछि मात्रै बोल्ने गर्छु ।

यो पनि पढ्नुस्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D