गरिवको चित्कार, सरकारलाई धिक्कार: खुट्टामा किरा पर्‍यो, न छोराछोरीले हेरे न सरकारले नै

टोपलाल अर्याल
गुल्मी, ६ असार । संघ र प्रदेशमा बजेट बहस चलिरहेको छ । स्थानीय सरकार बजेटको चाँजोपाँजोमा व्यस्त छ । कार्यकर्ता प्रदेशमा समावेश भएका योजना फेसबुकमा पोस्टाएर नेताहरुको भक्तिगान गरिरहेका छन् । तर, मुसिकोट नगरपालिका ३ की पुतली रानाको खुट्टा कुहिएर किरा खसिरहेको भिडियो समाजिक संजालमा भाइरल हुँदा पनि कसैको ध्यान पुगिरहेको छैन । उनको घर बागलुङको बडिगाड गाउँपालिका वडा २ दनियाँ हो । उनी श्रीमानको मृत्युपछि छोराछोरीले पनि हेर्न छोडेकाले तीन बर्षदेखि माइती गाउँ मुसिकोटमा बस्दै आएकी छन् ।

माईतीले बनाइदिएको सानो बास छ । अर्मपर्ख गरेर भएपनि गास थियो । तीन महिना अघि खाना पकाउने क्रममा खुट्टा जल्यो । उपचार गर्ने उपाय भएन् । घाउ बल्झिदै गएकाले अहिले किरा परेर बेहाल भएको छ । उनीसंग उठेर हिडडुल गर्ने अवस्था पनि छैन् । घरमा एक्लै भएकाले छिमेकीको कृपाले भोक टारिन । तर, अब भने दैनिक ज्यान गल्दै गएकाले जीवन देखि हारेकी छन् । बिस्तारामै दिसापिसाब गर्छिन् । ‘दिसापिसाव र खुट्टा कुहिएर गन्हाउन थालेपछि कोहि कोठामा पस्न खोज्दैनन् । अब खाना खाने आश पनि छैन,’उनले रुदै भनिन,‘बाँच्नभन्दा छिटै लैजा दैव ।’ पुतलीका एक छोरा र एक छोरी हुन् । छोरीले बिहे गरिन् । छोरा भारतमा परिवारसंग बस्दै आएका छन् । आमाको अवस्थाको बारेमा स्थानीयले फोन गरे । तर, कुनै वास्था गरेनन् ।

मुसिकोट नगरपालिका ३ का वडाध्यक्ष शंकर रायमाझीलाई पनि पुतलीको बारेमा जानकारी गराएपनि उपचारको कुनै व्यावस्था नभएको छिमेकीको आरोप छ । पुतलीको अवस्था बिग्रदै गएपछि उपचारमा सहयोग गर्न छिमेकी पनि टाढिएका छन् । ‘मैले अहिलेसम्म जेनतेन खाना पुराएकी छु । म पनि एक्ली काम गरेर खाने मान्छे कसरी गरुँ,’स्थानीय जुना रानाले भनिन,‘श्रीमान मरे छोराले वास्ता गरेर, वडाध्यक्षले सुनेने अस्पताल लैजाने कोहि भएन ।’लामो समय अस्पतालमा बस्न पर्ने भएकाले सहयोग गर्ने मनकारी छैनन् । उनको दर्दनाक अवस्था देखेर जिव्रो टोक्ने र आँखा चिम्लिने धेरै भए । स्थानीय सरकारले वा सरकारका कुनै निकायले बेलैमा रानाको उपचार गर्ने बिकल्प नखोजे ज्याननै जाने निश्चित छ ।

मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीका अनुसार पालिकामा स्वास्थ्य उपचार तथा राहत कोष कार्यविधी छ । कार्यविधीका आधारमा परिवारको आर्थिक अवस्था हेरेर पाँचदेखि २५ हजार मेयर आफैले दिन पाउँछन् । अझै ठुलो सहयोगका लागि कार्यपालिकाको निर्णय चाहिने जिसीले बताए । तर, पीडित पुतली रानाको उपचार गर्न लैजाने व्यक्तिको समस्या भइरहेको छ । उनले शारिरीक तथा मानसिक समस्या दुवै भएकाले उपचारमा संगै जाने कोहि नभएको सहयोग गर्न नसकिएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ