काठमाडौं । गुल्मी, संखुवासबा र मोरङमा ३ जनाको खोलाले बगाई मृत्यु भएको छ । गुल्मी धुर्कोट गाउँपालिका-७ लहाटा बस्ने सिता पन्थीको ५ वर्षीय छोरा नयन पन्थी सोही ठाउँस्थित पनाहा खोलाको किनारमा
गत आइतबार खोलाले बगाई मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी संखुवासभा पाँचखपन नगरपालिका-२ टाईगर चोक बस्ने प्रेम खालीङ राईको १० वर्षीय छोरा आयुष राई सोही ठाउँस्थित कुसुवा खोलामा नुहाउन गएकोमा खोलाले बगाई बेपत्ता भएकाले खोजी गर्ने क्रममा उक्त खोलाको घट्टे पुल भन्ने स्थानमा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
साथै मोरङ कानेपोखरी गाउँपालिका-५ बस्ने श्याम दर्जीको ६ बर्षीय छोरा रेशम दर्जी घरदेखि करीब ५ सय पर रहेको पूर्व चिसाङ खोलाको पैनिमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।