gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

खानेपानी समाधानको चरणमा रेसुङ्गा नगर

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

टोपलाल अर्याल
गुल्मी, २७ माघ। खानेपानीको अत्यन्तै समस्या रहेको रेसुङ्गा नगरपालिकामा खानेपानीको समस्या पुरा हुँदै जान थालेका छन् । रेसुङ्गा नगरपालिकाले ग्राभेटी, लिफ्ट र डिप बोरिङ्ग सिस्टम मार्फत खानेपानीका योजनाहरु सम्पन्न भइरहेका छन् । सोमबार रेसुङ्गा नगरपालिका २ को सेतिखोला पातल लिफ्ट खानेपानी आयोजना संचालनमा आएको छ । आयोजनाको पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले उद्घाटन गरे ।

विकासको परिभाषाभित्र खुसी खोजौ : मन्त्री बिष्ट

खानेपानी आयोजनाको उदघाटन गर्दै बिष्टले पुर्वाधारलाई विकास भन्ने परिभाषा पुरानो भएकाले अहिले विकाससंगै खुसी आवश्यक रहेको बताए । उनले विकासका काम भइरहे पनि जनतामा असन्तुष्टि बढिरहेकाले जनताको जनताको जीवन स्तर बदल्ने र देशलाई समृद्ध बनाउन पार्टीहरुले आफ्नो प्रवृति बदल्नुपर्नेमा जोड दिए । पुर्व मन्त्री बिष्टले आफुले तम्घासमा पढ्दा लुगा धुन रैदी पुगेको र रेसुङा गएर दाउरा ल्याएको स्मरण गरे । साथै उनले पुर्खायौली समस्या समाधानको चरण अहिले सुरु भएकोमा खुसी व्यक्त गरे । राज्यको सिमित स्रोत र साधन तर नागरिकका आशा र अपेक्षा असीमित भएकाले सरकारले सोचे अनुसारको काम तत्काल देखाउन नसके पनि पाँच बर्षभित्र अधिकाश काम सम्पन्न गर्ने बताए ।

झण्डै ५ सय घर धुरी लाभाम्बित

सेतिखोला पातल लिफ्ट खानेपानी आयोजना ८० लाखमा सम्पन्न भएको रेसुङ्गा नगरपालिका २ का वडाध्यक्ष उदय बहादुर थापाले बताए । यो खानेपानी आयोजना संचालन भएपछि रेसुङ्गा नगरपालिका वडा नं १ र २ का चार सय ६० घरमा ‘एक घर एक धारा’ जडान गरिएको पन्थीले थापाले जानकारी दिए । प्रदेश ५ बाट ३५ लाख, नगरपालिकाबाट ३३ र अन्य जनश्रमदानबाट खानेपानी आयोजना सम्पन्न भएको हो । यो आयोजना एक बर्षमा निर्माण गरिएको छ । आठ सय ६० मिटर तलबाट पानी तानेर सदरमुकामका दुई वडामा खानेपानी वितरण गरिएको उपभोक्ता समितिका सचीव सन्तोष पन्थीले बताए । खानेपानीको मुहानमा एक लाख लिटर र धागीथुममा दुई लाख लिटरको टयाङकी निर्माण गरेर खानेपानी वितरण गरिएको पन्थीले बताए ।

साढे चार करोडको योजना सम्पन्न

रेसुङ्गा नगरपालिका १० र ११ कोे ठुलो जोरपानी लिफ्ट खानेपानी योजनाको एक हप्ता अघि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उद्घाटन गरे । खानेपानी तथा सरसफाई विकास कार्यालयको दुई करोड ९२ लाख, नगरपालिकाको ३७ लाख ५० हजार, बिद्युत प्राधिकरणको १८ लाख र जनश्रमदान २७ लाख ५० हजार गरेर चार करोड ३३ लाख सात हजारको लागतका जोरपानी खानेपानी योजना संचालनमा आएको हो । यो योजनाबाट चार सय पाँच घर परिवारमा ‘एक घर एक धारा’ पुराइएको खानेपानी तथा सरसफाई विकास कार्यालयका इन्जिनियर प्रकाश न्यौपानेले बताए । दुई स्टेप पम्पिङ्ग गरेर खानेपानी योजना संचालन गरिएको छ । बर्षौ कुवा र पधेँराबाट खानेपानी ल्याएर पिउँदै आएका स्थानीय योजना संचालनसंगै खुसी भएका छन् ।

गाउँगाउँमा खानेपानीका योजना

रेसुङ्गा नगरपालिकाले नगरका गाउँगाउँमा खानेपानी योजना संचालन गरेको छ । रेसुङ्गा नगरपालिका साढे दुई करोडकोे कुत्ते खोला लिफ्न खानेपानी योजना वडा न. १४ मा अगाडी बढेको छ । अहिले ७० लाखको काम हुने रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । उनले नगरपालिकाकै वडा नं ४ र ७ मा पनि लिफ्ट खानेपानी योजना संचालन भएको जानकारी दिए । त्यस्तै वडा नं ६ मा यो बर्ष ‘एक घर एक धारा’ अभियान सम्पन्न गरिने मरासिनीले बताए ।

कार्यकाल भित्रै खानेपानी समस्या समाधान : मेयर

नगरपालिकाका मेयर डिल्लीराज भुसालले आफ्नो कार्यकाल भित्रनै अधिकांशको खानेपानी समस्या पुरा गर्ने गरि काम गरिएको बताए । उनले रेसुङ्गा नगरपालिकाको खानेपानी समस्या समाधान गर्ने दिर्घकालिन योजना मझेङ्ग भएकाले पहिलो स्किम अन्तरगत ३५ करोडको काम केहि समयमै अगाडी बढ्ने बताए । पहिलो स्किमको काम सकिएपछि दास्रो स्किम मार्फत १५ करोडमा नगरका सवै घरधुरीमा ‘एक घर एक धारा’ पुराइने मेयर भुसालले बताए ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D