कृषीजिल्ला समाचार

खाद्य संकटको चिन्ता, लक डाउनले सिंचाई आयोजना प्रभावित, झण्डै साढे २ सय हेक्टर खेत बाँझै

टोपलाल अर्याल
गुल्मी, ८ बैशाख । पहिरोले गत साउनमा दुई ठुला र आठ साना सिचाई आयोजना बगाएपछि अझै निर्माण भएका छैनन् । गत बर्ष पनि सिंचाई नभएका कारण खेत रोप्न नपाएका किसान अहिले पनि अन्यौल छन् । दुई बर्षसम्म खेती गर्न नपाएपछि खाद्य संकट आउने चिन्तामा किसानहरु पिरोलिन थालेका छन् ।

बाढी पहिरोले बगाएर क्षेति पुराएको सत्यवति गाउँपालिका २ को चेहेमी वन कुलो सिंचाई आयोजना ।

सत्यवति वडा नं २ ठुलोलुम्पेक चेहेमीका हुम बहादुर कुवंरले गत बर्र्ष खेत रोप्न पाएनन् । झण्डै २५ मुरी धान फल्ने खेत बाँझै राखे । रोप्ने बेलामा पहिरोले कुलो बगाएपछि कुवंरसंग अर्को विकल्प थिएन । सोहि स्थानकै शेर बहादुर कुवंरले साउनमा खेत रोपेकै अर्को दिन कुलो भत्क्यो । आकाशे भलले राम्रो उत्पादन भएन । उनले गत बर्षसम्म बजारको खासै किनेन् । किनकी सिंचाई हुँदा धानसहित मौषम अनुसारका खेति गर्थे ।

त्यहि उत्पादनले परिवार मज्जाले चल्थ्यो । ‘कहिल्यै बजारको आश नगर्ने थुप्रै परिवारले अहिले खाद्यान्य किन्नुपर्ने बाध्यता बन्यो,’उनले भने,’कुलो अलपत्र र खेतबारी बाँझै छन्, खाद्य संकटको चिन्ताले पिरोलेको छ ।’ सिंचाई आयोजना पहिरोले बगाएपछि दुई सय परिवारले मौषम अनुसारको खेती गर्न पाएका छैनन् । सत्यवति गाउँपालिका १ अस्लेवाको चौर जिल्लाकै उर्भर फाँट हो । त्यहाँको उत्पादन जिल्लाका थुप्रै बजारमा पुग्थ्यो ।

गत साउनमा बाढीले अस्लेवाको चौर फाँट सिंचाई आयोजनाको कुलो पनि बगायो । अहिले केहि ठाउँमा अस्थाई व्यावस्था गरेर हिउँदे खेति गरिएको छ । अस्लेवाका कृषक तोयनाथ पाण्डेयले गत बर्षजस्तै अहिले पनि खेत रोप्ने कुनै संभावना नभएको बताए । उनको ३० मुरी धान फल्ने खेत बाँझो छ । बाढीले कुलो बगाएपछि पाण्डेयसंगै अस्लेवाका साढे दुई सय घरधुरीको खेत रोप्न र अन्य कृषि गर्न नपाएको चौरफाँट सिंचाई आयोजनाका सचिव गोपाल पाण्डेयले बताए । उनले सिंचाई कुलो निर्माणको लागि टेण्डर भए पनि लक डाउन भएकाले कामनै सुरु नभएको बताए ।

बर्षभरि खाने खेत बाँझो भएकाले कसरी जिविकोपार्जन गर्ने भन्नेमा धेरै किसान चिन्तामा परेको जनता माध्यामिक बिद्यालयका शिक्षक बिष्णु पाण्डेयले बताए । उनले कोरोनाका कारण परदेशमा भएकालाई पनि खर्च पठाउने अवस्था र गाउँमा पनि सिंचाई नभएकाले खेतबारी बाँझै भएपछि खाद्य संटक निश्चित भएको बताए । सत्यवति गाउँपालिकाका प्रवक्ता भिमलाल पाण्डेयका अनुसार गत बर्षको बाढी र पहिरोका कारण सिंचाई कुलो बगाएकाले लुम्पेक, अस्लेवा र लिम्घाको झण्डै साढे दुई सय हेक्टर क्षेत्रफलको खेत बाँझो रहेको छ ।

प्रदेशबाट बजेटको व्यावस्था भए पनि लकडाउनको कारण काम नहुँदा अर्को बर्ष पनि किसानले खेती गर्ने संभावना न्यून रहेको पाण्डेयले बताए । उनले अस्लेवा, लिम्घा र लुम्पेकका आठ वटा साना कुला पनि निर्माण गर्ने अवस्था भएकाले दुई पटकसम्म कोटेशन खुलाए पनि नपरेपछि काम अन्यौलामा परेको बताए ।

सत्यवति गाउँपालिका १ को अस्लेवा चौर फाँट ।

सत्यवति गाउँपालिका १ को चेहेमी वन कुलो र वडा नं २ को चौर फाँट सिंचाई आयोजना निर्माणको लागि प्रदेश ५ को भौतिक पुर्वाधार मन्त्रालयबाट एक करोड एक लाखका दरले बजेट बिनियोजन भएको छ । तर निर्माण व्यावसायीले काम गर्न पाएनन् । चेहमी बन कुलो सिचाई आयोजनाको जिम्मा पाएका निर्माण व्यावसायी गणेश तङनामीले गाउँपालिकाले विशेष व्यावस्था गरे काम गर्न आफु तयार रहेको बताए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker