कोरोनामुख्य हेडलाईन

को हुन कोरोना संक्रमित युवतीसँगै एउटै फ्लाईटबाट आएका गुल्मीका थापा ? अहिले कहाँ के गर्दै छन् ?

सन्जु काउछा
चैत १२ । कोरोना भाइरसको संक्रमण देखिएकी युवतीसँगै चैत ४ गते कतारको दोहाबाट नेपाल आएकाहरु मध्ये १ जना गुल्मी जिल्लाका रहेको पाइएको छ । कतार एअरवेजको Flight QR 652 जहाजबाट काठमाण्डौं आउने १५२ यात्रुहरू मध्ये फ्रान्समा अध्ययनरत १९ बर्षे एक नेपाली बिधार्थीलाई कोरोना भाईरस (COVID-19) पोजेटिभ देखिएको थियो । सो बिषय प्रमाणित पश्चात उक्त जहाजमा यात्रा गर्ने अन्य यात्रुमध्ये एक जना गुल्मीका शरद थापा पनि रहेको पाईएको हो । थापाको नागरिकताको ठेगाना गुल्मी पौदीअमराई भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । खबर सार्वजनिक भएलगत्तै यथार्थताको बिषयमा आम गुल्मेली नागरिकहरूले चिन्ता सहित चासो देखाएकाले अवस्थाको बारेमा कार्यालयले आफ्नो अधिकारिक फेसबुक पेज मार्फत जानकारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार थापा चैत ४ गते नै उक्त कतार एअरवेजको Flight QR 652 जहाजमा कतार ट्रान्जिट हुदै काठमाण्डौं आएको र हाल काठमाण्डौंमा बस्दै आएको प्रष्ट पारेको छ । काठमाण्डौं आएदेखि हालसम्म आफ्नै घर काठमाण्डौंमा Self-Quarantine मा बसेको, बिदेशबाट आउँदा स्वास्थ्य परीक्षण समेत गरेको स्वास्थ्य परीक्षण रिपोर्ट साथमा रहेको तथा हालसम्म स्वास्थ्यमा कुनै प्रतिकुल समस्या नदेखिएको पनि जनाईएको छ ।
आम नागरीकहरू कुनै डर, त्रास, भय रहित ढुक्क भईदिनुहुन र यसबारेमा सामाजिक सञ्जाल वा अन्य माध्ययमबाट समेत कुनै भ्रम सिर्जना नगरीदिनुहुन कार्यालयले अनुरोध गरेको छ । “कोभिड-१९ गुल्मी जिल्लामा प्रभाव हुन नदिन रोकथाम तथा नियन्त्रण र सुरक्षाका लागि स्थानीय प्रशासन र सरोकारवाला निकायहरू सदैव अहोरात्र खटिरहेको र आम गुल्मीबासी नागरीकको पूर्ण सहयोगको समेत बिश्वास गरीएको छ”, जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सुचनामा जनाईएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D