कोहि पनि मानिस भोको रहन नपरोस: सभासद के.सी.

रामकृस्ण कंडेल
गुल्मी, माघ १९ । प्रदेश सांसद खड्क के.सीले मुसिकोट नगरपालिका भित्र कोहि पनि मानिस भोको, घरबार बिहिन, नांगो र बेरोजगार हुन नपरोस् भन्ने कुरा बताउनुभएको छ । गुल्मीको वामीटक्सारमा जारी मुसिकोट महोत्सबमा पॉचौ दिनका प्रमुख अतिथी के.सीले उक्त कुरा बताऊनु भएको हो ।

महोत्सबमा मन्तब्य राख्दै नगरपालिकाको केन्द्रमा महोत्सब आयोजना गरेर आयोजकहरूले राम्रो कामको थालनी गरिएको बताऊनु भयो । मुसिकोट नगरपालिका भित्र बसाई सराई र बैदेशिक रोजगारीको कारण नकारात्मक सन्देश जान लागेको इंगित गर्दै के.सीले नगरबासीहरूलाई यसै ठॉऊमा बसिरहने बाताबरण बनाऊन सरकारले सक्दो सहयोग गर्ने समेत बताऊनु भयो । प्रमुख अतिथि के.सी.ले मुसिकोटका स्वाँरा, दजाकोट, मालारानी, मौरीभीर लगायतका क्षेत्रहरूलाई होम स्टेको रूपमा बिकास गर्न सफै जना आ-आफ्नै स्थानबाट लाग्नुपर्नेमा पनि जोड दिनुभएको थियो । “यो नगरपालिका बिबिधायुक्त नगरपालिका हो”, ।हामिले उहाँले भन्नुभयो, “महोत्सब मार्फत यहँका डम्फु, मादल र संस्कृती समेत जोगाऔँ ।”

कार्यक्रमका अतिथि नेपाली कॉग्रेसका मुसिकोट नगरपालिका छायॉ सरकार प्रमुख झबिराम भन्डारीले महोत्सब उत्पादनसंग जोडेर अगाडि जानु पर्ने कुरामा जोड दिनु भयो । नेपाली कॉग्रेस मुसिकोट नगरका युवा नेताको रूपमा परिचित भन्डारीले एक फरक प्रसंगमा मुसिकोट नगरपालिका हामी सबैको हो भन्ने भावना जागृत गराऊनु पर्नेमा पनी जोड दिनु भयो । प्रखर बक्ता भन्डारीले महोत्सबलाई सफल पार्न सक्दो सहयोग गर्ने बताऊनु भयो।

कार्यक्रममा कृषि ज्ञान केन्द्र गुल्मीका सनबहादुर राना, मुसिकोट नगरपालिका प्रमुख शोमनाथ सापकोटा, नेपाली कॉग्रेस गुल्मी सचिब बिस्णु कुमारी सापकोटा, नेपाली कॉग्रेसका मुसिकोट नगरपालिका छायॉ सरकार प्रमुख झबिराम भन्डारी, रास्ट्रिय कलाकार बमबहादुर कार्की, महेन्द्र आदर्श माबि वामीटक्सारका पूर्ब प्रधानाध्यापक भिमलाल सापकोटा, प्रिती आले, राशि रिजाल, गोबिन्द बि सी, कमल बराल लगायतको बिशेष उपस्थिति रहेको थियो ।
कार्यक्रम महोत्सबका संयोजक सुदर्शन शाक्यको अध्यक्षता र गोपिकृस्ण खरेलको सन्चालनमा कार्यक्रम चलिरहेको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ