gulminews logo
बिहीबार, २०७९ असार १६

कोरोना संक्रमितको उपचारमा गम्भिर बन्न पत्रकार महासंघ गुल्मी शाखाको आग्रह

हुमाकान्त पोखरेल
तम्घास,२५ वैशाख । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले कोरोना संक्रमितको उपचारमा गम्भिर बन्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । शनिबार बसेको पत्रकार महासंघ, गुल्मीको बैठकले जिल्लाका सबै पालिका, तम्घास अस्पताल तथा जनस्वास्थ्य कार्यालयलाई संक्रमितको उपचारमा गम्भिर बन्न आग्रह गरेको हो ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको सङ्ख्या बढी भएपनि उपचार नपाएरै बिरामीको मृत्यु हुने अवस्थालाई मध्यनजर गर्दै पत्रकार महासंघले यस्तो आग्रह गरेको हो । त्यसैगरी सबै पालिकामा अक्सिजनसहितको आइसोलेशन निर्माण गर्न, सम्भव भए पालिकामै कोभिड अस्पतालको स्थापना गरी उपचार सुरु गर्न पनि महासंघले आग्रह गरेको अध्यक्ष टोपलाल अर्यालले जानकारी दिनुभयो ।

बैठकले लामो समयदेखि बन्द रहेको जिल्लाको कोरोना परीक्षण प्रयोगशाला पुनःसंचालनमा ल्याउनको लागि पनि आग्रह गरेको छ । ल्याब बन्द भएसँगै स्वाब परीक्षणका लागि पुनः बुटबल पठाउनुपर्ने बाध्यता भएको र यसले कोरोना संक्रमितको पहिचानमा ढिलाई भइ कोरोना फैलिने जोखिम रहेकोले सकेसम्म छिटो ल्याब संचालन गर्न आग्रह गरिएको अध्यक्ष अर्यालले बताउनुभयो ।

यो पनि पढ्नुस्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D