कोरोनाजिल्ला समाचार

कोरोना शुन्य बनेको मदानेमा फेरि देखियो कोरोना, कर्मचारी पनि संक्रमित

विवश विष्ट
गुल्मी, २४ मंसिर । गुल्मीको मदाने गाउँपालिका विगत डेढ महिना भन्दा बढी समय देखि कोरोना मुक्त भएको थियोे । कोरोना मुक्त मदाने गाउँपालिकामा फेरि कोरोना देखिएको छ ।

मदाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना पोजेटिभ देखिएको हो । गाउँपालिकाका कर्मचारी तथा प्रमुख प्रशाकिय अधिकृतलाई नै कोरोना देखिएपछि मदानेमा पनि कोरोना समुदाय स्तरमा फैलिएको आशङ्का गरिएको छ ।

यस सँगै गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि तथा सम्बन्धित व्यक्तिहरुको कोरोना परिक्षणका लागि स्वाव संकलन गरि पठाइएको उपाध्यक्ष सरिता खड्काले जानकारी दिनु भयो ।

गुल्मीमा अहिलेसम्म ९ सय ३ पुगेको छ जसमा ८ सय ४५ जनालाई निको भएको छ । सक्रिय संक्रमित ४६ र मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D