जिल्ला समाचार

कोरोना महामारीको कारण यो बर्ष शान्तिपुरमा बाला चर्तुदशीको मेला लागेन

अनिल खत्री
२८ मंसिर, गुल्मी । बाला चर्तुदशीको अबसरको गुल्मीको शान्तिपुरमा लाग्ने चक्रेश्वर मेला यसवर्ष भने हुन पाएन् । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा पर्ने मन्दिरमा बाला चर्तुदशी अबसरमा सतबिज छर्ने पर्वको अबसरमा यस क्षेत्रको चर्चित एबं धर्मिकरुपले पनि लोकप्रिय मानिदै चक्रेश्वर मेला नभएको हो ।

बिश्वव्यापी रुपमा चलेको कोरोना महामारीले गर्दा यस वर्ष मेलाका कुनैपनि कार्यक्रम नभएका हुन् । मेलासँगै स्थानीय व्यावसायीहरुको बिभिन्न व्यवसायमा समेत फाइदा हुने गर्दथ्यो । हिन्दु धर्म अनुसार बाला चर्तुदसीको अबसरमा सतबिज छर्नाले पुन्यलाभ हुने जनबिश्वास रहि आएकोले यस क्षेत्रमान बिगत सयौ वर्ष पहिले देखि नै पुजा आज हँुदै आएको थियो । धार्मिक रुपले पनि निकै महत्वपुर्ण मानिएको यस क्षेत्रको यो पर्व तथा मेलामा चर्तित राष्ट्रिय कलाकारहरु ल्याएर कार्यक्रम हुने गर्दथ्यो ।

फाइल फोटो

यस क्षेत्रमा धेरै वर्ष पहिले देखि पुजा आज सहित स्थानिय स्तरको बिबिध धार्मिक झाँकी, भजन कृतन बिभिन्न संस्कृतिक कार्यक्रम हुदै आएको थियो । पछिल्लो समय यता मेलालाई थप व्यावस्थित गर्नको लागी राष्ट्रिय स्तरका कलाकारहरुको सहभागितामा बिबिध संस्कृतिक कार्यक्रम हुँदै आएका थिए ।

मेलालाई व्यवस्थीत गर्न स्थानीय क्लवले आयोजना गर्ने गर्दर्थे । चक्रेश्वरमेलामा जिल्लाका बिभिन्न ठाउ सहित बाग्लुङ्ग,पाल्पा,वुटवल सम्मका तिर्थालुले अबलोकन गर्न आउने गर्दछन् । मेलासँगै त्यस स्थानमा रहेका अर्जेवाको झरना, टिमुरे लेक, कौडेभुलेनीको लेक, सिद्धबाबा, चन्द्रकोट मन्दिर, दिबरुङ्ग शिवालय, चक्रेश्वर शिवालय लगायतका पर्यटकीय क्षेत्रको प्रचा प्रसार गर्न सहयोग गर्दै आएको थियो ।

महोत्सवमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी,स्थानीय झाँकी,स्थानिय मौलिक जातजातिको नाचगान,भजन,पन्चेबाजा मेलाका मुख्य आकर्षण हुदै आएका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D