जिल्ला समाचार

कोभिड, एच.आइ.भि र क्षयरोगका बिषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न

गुल्मी, २८ मंसिर
स्वास्थ्य कार्यालय गुल्मीको आयोजना र राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नाड्रेक) गुल्मी सहयोगमा कोभिड १९ सम्बन्धि लाञ्छाना न्यूनिकरण र एच.आइ.भि एडसका बिषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका शिक्षक, सुरक्षाकर्मी, पत्रकार र सरोकारवालाई प्रशिक्षण दिइएको थियो । सचेतनामूलक कार्यक्रमको उद्देश्यका बारेमा सेभ द चिल्डे«नका बरिष्ठ कार्यक्रम संयोजक सुभाष श्रेष्ठले सहभागीलाई जानकारी दिएका थिए । नार्डेकले गुल्मी र पाल्पाका स्थानीय तहमा आप्रवासी तथा उनका दम्पतिको लागि एच.आई.भि एवं टिभि रोकथाम र सचेतनाका कार्यक्रम संचालन गरिरहेको छ । कार्यक्रममा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपति आचार्यले एच.आई.भि, क्षयरोग तथा कोभिड १९ को नेपाल र जिल्लाको अवस्थाको बारेमा जानकारी दिएका थिए ।

नार्डेकले गुल्मीका ७ र पाल्पा ५ स्थानीय तहमा आप्रबासी र तीनका परिवारको क्षेत्रमा काम गर्ने गरेको छ । गुल्मीका ७ स्थानीय तह रेसुंगा र मुसिकोट नगरपालिका, छत्रकोट, सत्यवति, मालिका, इस्मा, गुल्मी दरवारमा कार्यक्रम लागु भएको नार्डेक नेपालका कार्यक्रम संयोजक डिवि पछाईले जानकारी दिए । त्यस्तै पाल्पाका ५ स्थानीय तह रामपुर नगरपालिका, तानसेन नगरपालिका, रिब्दीकोट, रैनादेवि र रम्बा गाउँपालिकामा आप्रबासीहरु र तीनका परिवारको लागि एच, आइ, भि र क्षयरोगको व्याबहार परिवर्तन शिक्षा र भनेकै स्थानमा निशुल्क एच.आइ.भि परिक्षण लगायतका काम गरिएको पछाईले बताए ।

उनले संभावित व्यक्तिहरुलाई पुनः परिक्षण गर्न जिल्ला पठाउनेदेहि नियमित औषधी प्राप्त र सेवनमा समेत गोप्य सहजीकरण गरिने बताए । पहिले एच. आइ. भि संक्रमितिको भाइरल लोड परिक्षण गर्न काठमाण्डौ जानुपर्ने अवस्था थियो । अहिले गुल्मी अस्पतालमै नमुना संकलन गर्ने र आवश्यक सहजीकरणपछि अस्पतालबाट रिर्पोट प्राप्त गर्ने व्यावस्था सुरु भएको छ । जिल्लामा अहिलेसम्म तीन सय २७ जना एच.आइ.भि संक्रमित भएका छन् । ति मध्ये १ सय ८२ ले नियमित औषधी लिइरहेका स्वास्थ्य कार्यालयले जनाएको छ । सवैभन्दा बढि एच.आइ.भि संक्रमित जिल्लाको सत्यवति गाउँपालिकामा रहेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D