जिल्ला समाचार

कैदिबन्दीका निशुल्क आखाँ जाचँ, २५ जनालाई चस्मा वितरण

हुमाकान्त पोखरेल,
गुल्मी, २५ असौज। नेपाल नेत्र ज्याती संघ गुल्मीका जिल्ला कारागार गुल्मीका कैदिबन्दीहरुको आखाँ परिक्षण गरेको छ । विश्व सृष्टि दिवसको अवसर पारेर सँस्थाले कैदिवन्दीहरुको आँखा जाचँ गरेको हो । कारागारकमा रहेका ४९ जना पुरुष, चार जना महिला र एउटा बच्चा गरि ५५ जनाको आँखा जाचँ गरिएको थियो । भने कारागारका पनि १५ जना कर्मचारी गरी कुल ७१ जनाको आँखा जाच गरिएको हो । आँखा जाचँ गरिएकामध्ये ४६ जनालाई निशुल्क औषधी वितरण गरिएको छ भने २५ जनालाइ चस्मा वितरण गरिएको डाक्टर सूर्य बहादुर बस्नेतले जानकारी दिए ।

कारागारका कैदीहरुमा दृष्टिदोष, रातो आखाँ हुने, खाँखा पाक्ने, दृष्टि कमजोर भएको जस्ता समस्याहरु देखिएको डाक्टर बस्नेतले जानकारी दिए । कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले गरेका थिए । रेसुङ्गा नगरपालिका ८ का कैदी इश्वरी प्रसाद पन्थीलाई चस्मा प्रदान गर्दै पौड्यालले उद्घाटन गरेका हुन् । पन्थी ८ बर्ष पहिले करणी केशमा जिल्ला कारागार चलान भएका थिए । नेपाल नेत्र ज्याती संघले सदरमुकाम भन्दा बाहिर पपिन निशुल्क आँखा शिविर चलाउदैँ आएको छ ।

केहि दिन अघि मात्र जिल्लाको मालिका गाउँपालिकामा आँखा शिविर संचालन गरेको थियो । उसले सदरमुकाममा पनि बर्षमा छ वटा निशुल्क अप्रेसन सेवा संचालन गरेको छ । भने बर्षको १२ वटा एकदिने शिविर संचालन गरेको छ । त्यस्तै प्रत्येक महिना रिडिमा आँखासम्बन्धि शिविर पनि सांचालन गरिरहेको सँस्थाका सचिव अखिलेश्वर प्रसाद पाण्डेले जानकारी दिए । दिवसको अवसरमा विहान प्रभातभेरी समेत गरिएको थियो । विश्वभरी करिब तीन करोड ६० हजार मानिस दृष्टिविहिन छन् भने दुई अर्व ४६ करोड मानिसहरु कम दृष्टिको समस्याबाट ग्रस्त छन् । नेत्र दृष्टि बलियो बनाउनको लागि सन् १९७५ देखि एउटा अन्तराष्ट्रिय सँस्था कार्यरत भएपनि प्रभावकारी भने भएको छैन ।

नेपालमा पनि विभिन्न संघ सँस्थाहरु दृष्टिविहिनहरुको क्षेत्रमा कार्यरत छन् । उनीहरुले नेतन्योतीको लागि आँखा केयर सेन्टर र उपचार संचालन गरिरहेका छन् । नेपालमा हाल १७ भन्दा बढी आँखा अस्पताल छन् भने ३२ वटा आँखा केयर सेन्टर छन् । नेत्र उपचारका हिसाबले नेपाल दक्षिण एसियाली क्षेत्रमै उदाहरणीय देश हो । कार्यक्रममा विभिन्न संघ सस्थँका प्रमुख तथा प्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सँस्थाका अध्यक्ष शेर बहादुर थापाको अध्यक्षता, सहकोषाध्यक्ष ताराप्रसाद भुसालको स्वागत मन्तब्य तथा सचिव पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D