जिल्ला समाचार

के गर्दैछ इस्मा गाउँपालिका? यि हुन् ६ कानुन र निर्णय

टोपलाल अर्याल
गुल्मी, २२ साउन । इस्मा गाउँपालिकाले भर्खरै केहि महत्वपुर्ण निर्णय गरेको छ । इस्मा गाउँपालिकाले गाउँपालिका भित्रका सवै सडकहरुलाई संचालन गर्न बजेट बिनियोजन गरेको छ । संचालनमा रहेका तर बर्षातको कारण रोकिएका सडकहरु तुरुन्त संचालन गर्ने निर्णय गरी कार्यान्वय गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रत्येक वडाबाट गाउँपालिका सम्म पुग्ने सडक अबरुद्ध नहुने गरि काम थालिएको छ । त्यस्तै दैवि प्रकोपमा परेका पीडितहरुलाई पनि तत्काल राहत दिने निर्णय भएको छ । अव कुनैपनि दैवि विपतमा परेकाहरुले राहत पाउन कुनै लामो प्रक्रिया र झन्झट कुर्नु नपर्ने गाउँपालिकाका कार्यकारी अधिकृत सरोज पोख्रेलले बताउनुभयो । जसका लागि पनि रकम बिनियोजन भएको छ ।
gulmi samachar
गाउँपालिकाको भिलेज प्रोफाइल बनाउने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै गाउँपालिकाको तर्फबाट गाउँ कार्यपालिका सदस्य दल बहादुर विकलाई प्रवक्ता तोकेको छ । वडा कार्यालय र गाउँपालिकाको बिचमा समन्वय गर्ने गरि गाउँ कार्यपािलका सदस्यहरुलाई जिम्मेवारी पनि बैठकले तोकेको छ । जसका लागि वडा नं १ मा दल बहादुर विक, वडा नं २ मा बोम बहादुर कुमाल, वडा नं ३ मा कल्पना भुसाल, वडा नं ४ मा कमला विक, वडा नं ५ मा मिना बिष्ट र वडा नं ६ मा कमला पराजुलीलाई जिम्मेवारी प्रदान गरिएको छ । सुत्केरीहरुलाई थप एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय पहिले नै कार्यान्वयनमा आइरहेको छ ।

गाउँपालिकाका ६ वटा कानुन पारित
इस्मा गाउँपालिकाले ६ वटा कानुन बनाएर पारित गरेको छ । इस्मा गाउँकार्यपालिकाले कार्यविभाजन नियमावली ०७४ पारित गरेको छ । साथै कार्य सम्पादन नियमावली ०७४, बैठक संचालन कार्यविधी र गाउँ सभा संचालन कार्यविधि ०७४, निर्वाचित जनप्रतिनिधी आचारसंहिता र कार्यापालिका निर्णय आदेश प्रमाणीत नियमावली ०७४ पारित गरेको इस्मा गाउँपालिकाका कार्यकारी अधिकृत पोख्रेलले बताए ।

जिल्लाका बिषयगत कार्यालयसंग अन्तरक्रिया
इस्मा गाउँपालिकाले निती तथा कार्यक्रमलाई जनमुखी बनाउन विभिन्न कार्यालय र सरोकारवालासंग छलफल थालेको छ । सोहि क्रममा आइतबार जिल्लाका प्रमुख बिषयगत कार्यालयसंग अन्तरक्रिया सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७४÷०७५ को निति तथा कार्यक्रम र बजेट तर्जुमाका बिषयमा बिषयगत कार्यालयका प्रमुखहरुबाट सुझाव संकलन गरेको छ ।

सदरमुकाम तम्घासमा आयोजन गरिएको कार्यक्रममा कार्यालय प्रमुखहरुले अघिल्ला आर्थिक बर्षहरुमा कार्यालयले संचालन गरेका गतिविधी, अहिलेको अवस्था र स्थानीय तहले समेटनुपर्ने बाँकी बिषयका बारेमा बिषगत धारणा प्रस्तुत गरेका थिए ।

जिल्ला समन्वय समिति, जिल्ला प्राविधिका कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला बन कार्यालय, जिल्ला पशुसेवा कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन, जिल्ला खानेपानी कार्यालय, भुसंरक्षण कार्यालय, जिल्ला आर्युवेदिक स्वास्थ्य केन्द्रका प्रमुख तथा प्रतिनिधीहरुले इस्मा गाउँपालिका कार्यालयलाई अहिलेको अवस्था र भावी कार्ययोजनाका लागि सुझाव पेश गरेका थिए । त्यस्तै इस्मा गाउँपालिकाका कार्यकारी अधिकृत सरोज पोख्रेलले आर्थिक बर्ष ०७४÷०७५ को निति तथा कार्यक्रम र बजेटको बारेमा जानकारी दिदै सुझाव संकलन गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले कार्यालयहरुको तर्फबाट सुझाव तथा राय प्रस्तुत गर्ने सवैप्रति धन्यबाद व्यक्त गर्नुभयो । कार्यकारी अधिकृत पोख्रेलको सहजीकरण कार्यक्रम सम्पन्न भएको थियो । आइतबार बिषयगत कार्यालयसंग अन्तरक्रिया गरेको इस्मा गाउँपालिकाले सोमबार पालिका भित्रका बिद्यालय व्यावस्था समिति अध्यक्ष, बिद्यालयका प्रध्यानाध्यापक र स्वास्थ्यचौकी इन्चार्जसंग छलफल र अन्तरक्रिया गर्दैछ । बिद्यालय व्यावस्थापन समिति अध्यक्ष र प्रध्यानाध्यापक र स्वास्थ्यचौकी इन्चार्जहरुसंग इस्मा गाउँपालिकाको वर्तमान शिक्षा र स्वास्थ्यको अवस्था र भावी कार्यायोजनाको बारेमा छलफल हुँदैछ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker