gulminews logo
शनिबार, २०७९ जेष्ठ १४

के गर्दैछन् गुल्मीका प्रजिअ ?

रमेश विश्वकर्मा
गुल्मी, पुष २५ । जिल्लामा आउने अधिकांश प्रमुख जिल्ला अधिकारीहरुले सेवालाई चुस्त बनाउनेतर्फ नयाँ–नयाँ उपायहरु अवलम्बन गरेको पाइन्छ । जसका कारण सेवाग्राहीहरुलाई सहज हुने गरेको छ । प्रायः जिल्लामा आउने प्रमुख जिल्ला अधिकारीहरुले अवलम्बन गर्ने शैलीले सेवाग्राही र कर्मचारीहरुलाई पनि सेवा प्रवाह गर्न सजिलो भएको पाइन्छ ।

जिल्ला आउने प्रजिअहरुकै पहलका कारण प्रशासनियक क्षेत्रमा नयाँ कार्यहरु भईरहेका छन् । यस अघि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको पहलमा जिल्लाको सदरमुकाम तम्घासका विभन्न चोक तथा मुख्य बजार क्षेत्रमा सिसि क्यामरा जडान तथा महत्त्वपूर्ण कार्यहरु भएको थियो । सिसि क्यामरा जडानका कारण सुरक्षाका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । जसले गर्दा बजार क्षेत्र सिसिटिभिको नियन्त्रणमा रहेको छ ।

अहिले जिल्लामा कोशहरी निरौला प्रमुख जिल्ला अधिकारी रहेका छन् । निरौला जिल्लामा सरुवा भई आएको करिब २ महिना मात्र भयो । उनी यस अघि स्याङ्जा जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका थिए । उनले सेवा प्रवाहलाई चुस्त बनाउन सहायता कक्ष स्थापनासंगै जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना, युरो गार्ड सहितको शुद्ध पिउने पानीको व्यवस्था लगायतका महत्वपूर्ण कार्यहरू गरेका छन् । पछिल्लो समय जिल्ला प्रशासनमा भएको नयाँ कार्यलाई नागरिक तहबाटै प्रसंशा भएको छ ।

कार्यालयमा सेवाग्राहीको सहजताका लागि विभिन्न नयाँ–नयाँ कार्यहरु भैरहेका छन् । प्रमुख जिल्ला अधिकारी निरौलाले सेवामा एकरुपता ल्याउनका लागि स्थानीयतहका जनप्रतिनिधि एवं कर्मचारीहरुसँग अन्तरक्रिया गर्ने अभियानलाई समेत अगाडि बढाएका छन् । उनले सेवा प्रवाह गर्ने सन्दर्भमा स्थानीयतहबाट गरिने कतिपय सिफारिसहरुमा एकरुपता ल्याउन आफुहरु जनप्रतिनिधिहरुसँग छलफल र अन्तरक्रियामा जुटेको बताए ।

प्रजिअ निरौलाले नेपाली नागरिकता, व्यक्तिगत घटना दर्ता, ऐन र जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवा प्रवाहका विषयमा स्थानीयतहमा जानकारी गराएको बताए । त्यस्तै उनले कानुनी व्यवस्था सेवाप्रवाहमा रहेका अन्यौलता नीतिगत अस्पष्टता, समस्या समाधान, नागरिकहरुले सेवा प्रवाह गर्दा भोग्नु परेका समस्याहरुको विषयमा समेत स्थानीयतहलाई जानकारी गराएका छन् ।

‘स्थानीयतहबाट सिफारिस आउँछन् । कहिले फोटोमा छाँप हुँदैन, बिचमै केरमेर भएको हुन्छ ।’ प्रजिअ निरौलाले भने । यस्ता समस्याका कारण सेवाग्राहीहरुलाई समस्या हुने गरेको भन्दै यसमा एकरुपता ल्याउन अवश्यक रहेको उनले बताए । निरौलाले स्थानीयतह ऐन, नियमका विषयमा अभ्यास्त नभएका कारण त्यस्ता समस्या आउने गरेको बताए ।

जिल्ला प्रशासन कार्यालय र स्थानीयतह बीच सम्बन्ध स्थापित गर्दै सेवाप्रवाहका सम्बन्धमा आउने समस्या समाधानका लागि पनि भेटघाट कार्यक्रम महत्वपूर्ण हुने निरौलाको भनाई रहेको छ । छिट्टै नागारिकहरुको गुनासो सुन्ने कार्यक्रम लिएर जिल्लाका सबै स्थानीयतहमा सार्वजनिक सुनुवाइको आयोजना गर्ने प्रजिअ निरौलाले जानकारी दिए । ‘प्रशासनबाट सञ्चालन हुने नागरीकता, राहदानीका काम हुन् । ‘पहिले राहदानीको पैसा कार्यालयमा बुझ्ने व्यवस्था थियो । तर अहिले बैंकमा बुझ्ने गरी व्यवस्था गरेका छौँ ।’ उनले भने -‘प्रशासनको हाताबाटै अब माघ पहिलो हप्ता नै बैँकिङ्ग काउण्टर खोल्ने तयारीमा रहेको निरौलाले जानकारी दिए ।’

यो पनि पढ्नुस्

चन्द्रकोट गाउँपालिकाद्धारा स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण

महेश बोहरागुल्मी, जेठ १३ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D