कोरोनाजिल्ला समाचार

केन्द्रको कोठाबाटै जिल्लाको थुप्रै काम : पुर्व मन्त्री बिष्ट

टोपलाल अर्याल
गुल्मी, २८ चैत । पूर्व मन्त्री एवं गुल्मी क्षेत्र २ का सांसद गोकर्ण विष्टले केन्द्रबाट आफुले जिल्लाको चिन्तासंगै सक्नेसम्मको काम पनि गरिरहेको बताएका छन् । बिष्टले कोरोना संक्रमणले विश्व समुदाय आतंकित भइरहेका बेला यो बिपदमा राज्यकै मात्र मुख ताकेर बसे भोली धोका हुन सक्ने बिचार व्यक्त गरे ।

गोकर्ण बिस्ट

‘स्थानीय तह र जिल्लाको लागि तीन सय पिपई ल्याउन ठुलो कुरा थियो तर मैले सानो प्रयत्न गरे काम बन्यो,’उनले भने, बिपद्मा सहयोग र समन्वय ठूलो कुरा हो ।’ बिष्टले संजालबाट चिन्ता व्यक्त गरेर र अरुले के गरे वा गर्लान भनेर पर्खेर बस्नु मुर्खता भएकाले सवैलाई दिल खोलेर सहयोग गर्न आग्रह गरे । उनले आफु काठमाण्डौ घरमै बसे पनि कोरोनाको संकट भित्रिएसँगै सुरुदेखिनै समग्र जिल्लाको बारेमा पालिकाका प्रमुखहरु, प्रहरी, प्रशासन र राजनैतिक दलहरुसंग दैनिक संवाद समन्वय भइरहेको बताए । साथै आफु र आफ्नो सचिवालयले जिल्लामा आवश्यक औषधी, उपकरण र स्वास्थ्य सामग्री पठाउने काम गरिरहेको बताए ।

सांसद विष्टले आफ्नो निर्वाचन क्षेत्रका स्थानीय जनप्रतिनिधी, पार्टीका अगुवा नेता कार्यकर्तासँग दैनिक फोन सम्पर्क गरेर क्वारेन्टाइन व्यवस्थापन, विपन्न तथा दैनिक ज्यालादारी व्यक्तिहरुलाई राहत वितरण र अझै लक डाउन बढे खाद्य संकट व्यावस्थापन कसरी गर्ने भन्ने बिषयमा पनि झकझकाउने र निर्देशन दिने गरेको बताए ।

सवै स्थानीय तह र अस्पतालले पिपई पाए

पूर्व मन्त्री एवं गुल्मी क्षेत्र २ का सांसद गोकर्ण विष्टले जिल्ला पठाएका पिपिई सवै स्थानीय तह र गुल्मी अस्पताललाई प्रदान गरिएको छ । प्रदेश सभा सांसद दिनेश पन्थी, नेकपा जिल्ला अध्यक्ष मधुकृष्ण पन्त, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको रोहबरमा सबै स्थानीय तहहरुलाई सामग्री हस्तान्तरण गरिएको हो । सांसद विष्टले जिल्लाका लागि तीन सय थान पिपिई सेट पठाएका थिए । पिपई अभावको कारण गुल्मी अस्पताल सहित पालिकाहरुमा कार्यरत स्वास्थ्यकर्मी र एम्वुलेन्स जोखिममा परेका खबरहरु विभिन्न संचार माध्यमहरुमा आएका थिए । सोहि अवस्थालाई मध्येनजर गरेर जिल्लामा प्राप्त तीन सय थान पिपई विष्टकै निर्देशन अनुसार जिल्ला अस्पतालका लागि ६० सेट तथा सबै पालिकालाई २० सेटका दरले वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

स्वास्थ्य सामग्रीको थप व्यावस्थाप हुँदै

पुर्व मन्त्री गोकर्ण विष्टले कोरोना संक्रमणले जिल्लामा पार्न सक्ने प्रभावका कारण सुरुबाटैनै चिन्तित छन् । तीन पिपई जिल्ला पठाएका बिष्टले अझै थर्मल गन, मास्क, थप पिपिइ लगायतका स्वास्थ्य सामग्री पनि पठाउने योजना बनाएको स्वकीय सचिव रमेश काउछाले बताए । काउछाका अनुसार ५० थान थर्मल गन, करिब २५ हजार मास्क, थप पिपिइ सेट एक दुई दिनमै पठाउने गरि तयारी भएको छ । बिष्टले सचिवालयले यो भन्दा पहिले पनि जिल्लाका स्थानीय तहको माग बमोजिम विभिन्न ठाउँमा एक सय ८० सेट पिपिई, करिव एक हजार थान माक्स, दुई सय थान सेनिटाइन र थर्मल गन लगायतका सामग्री पठाएको काउछाले बताए ।

सेवामा आत्मवल पाएका छौ : स्वास्थ्यकर्मी

कोरोना संक्रमणको जोखिमकैबिच काममा खटिएका स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्रीले कोरोनाको उपचारमा थप आत्मबल प्रदान भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । साथै उनले पुर्व मन्त्रीसंगै अहिलेसम्म अस्पताललाई सहयोग गर्ने सम्पूर्णलाई आभार प्रकट गरे । त्यस्तै स्थानीय तहसम्म पुग्ने पिपईले गाउँमा काम गरिरहेका स्वास्थ्यकर्मी र जनप्रतिनिधी पनि उत्साहित भएका छन् ।

एक महिनासम्म पहल गरेर पनि नपाएकाले सवैलाई निराश बनाएको अवस्थामा गाउँ आउने २० सेट पिपईले ठूलो राहत मिलेको मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले बताए । त्यस्तै पिपई नभएका कारण स्वास्थ्यकर्मीहरुलाई काममा खटाउन जनप्रतिनिधीलाई पनि मुस्किल परेको थियो । ‘पिपई नभएर स्वास्थ्यकर्मीले सामान्य बिरामीको उपचार नगर्ने र आफुहरुलाई पनि दवाब दिन गाह्रो भइरहेको थियो,’खत्रीले भनिन,‘माननीय ज्यूको काम प्रसंसनीय छ ।’

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker