जिल्ला समाचार

कुमाल समुदायको पुख्यौली पेशालाई जर्गेना गर्दै पदम मुखिया

मनोज कार्की
११ मंसिर, गुल्मी। पछिल्लो समय कुमाल समुदायमा बनाईने माटाका भाडाहरु समाजमा कमै मात्र देखिन्छन् । कतै देखिए पनि प्राय गरी बुढापाकाका घरमा मात्र देखिन्छन् । कुमाल समुदायको माटाका भाडा बनाउने पेशा संकट पर्दै गएको छ । बिस्तारै लोभ हुर्दै गएको पेसालाई गुल्मी इस्मा गा.पा.६ अंमरपुरका एक युवाले निरन्तरता दिई मनग्य आम्दानी गरिरहेका छन् ।

गुल्मीको इस्मा गाँउपालिका ६ अमरपुर बुल्मका पदम मुखिया । कुमाल समुदायको पुख्यौली पेशा भनेको माटाका भाडा बनाउने हो । तर पछिल्लो समय उनि जस्ता कयौ युवाले आफ्नो पुख्यौली पेशालाई छोड्दै बैदेशिक रोजगारको यात्रालाई तय गरिरहेका छन् । तर बुल्मका पदम मुखियाले भने बुल्म प्रगतिशिल सेरामिक्स उद्योग समुहबाट सेरामिक्स लिजमा लिईपुख्यौली पेशालाई निरन्तारता दिदैँ आएका छन् । २०७१ सेरामिक्स उद्योग सालदेखि संचालनमा आएको छ । गत बर्षसम्म यसको संरक्षण र आबश्यक तालिम तथा औजारको ब्याबस्था घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले गर्दै आएको थियो ।

पदमले माटाबाट पानस,फिल्टर,क्यान्डिल, हाडिँ,घैटा,मटुला,गमला,डल्लु , पचौरा,कप,पिलेट ,गिलास, तथा सजावटका मुर्तिहरु निर्माण गर्दै आएका छन् । उनले माटाबाट निर्माण गरेका भाडाँहरु गुल्मीको तम्घास बजार, वामीटक्सार बजार , बाग्लुङ्ग,प्युठान, अर्घाखाचीँ,पाल्पा स्याङ्गजा,बुटवल लगाएतका बजारमा निर्यात हुने गर्दछ ।

गत बर्षका चाडपर्वका मुखमा मुखियालाई भाडाँ बेच्न भ्याई नभ्याई हुन्थ्यो तर यस बर्ष कारोनाका कारण त्यस्तो भने छैन् । मुखियाले सेरामिक्समा त्यहाँका स्थानियलाई रोजगारी समेत दिएका छन् । जिल्ला र जिल्ला भन्दा बाहिर हुने मेला महोत्सवमा स्टल राखी माटाका भाडाँहरु पैर्दशनी गर्थे । यहि पेसाबाट बार्षिक ५ लाख आम्दानी गर्दै आएका छन् । बिदेशमा मेहेनत र परिश्रम गरे देशमै केहि गर्न सकिन्छ । त्यसैले गाउँका युवाहरुलाई स्वदेशमा नै निर्भर बन्न आग्रह गर्दछन् ।

सेरामिक्स उद्योगको भौतिक संरचनाको लागि १५लाख बजेट बिनियोजन गरेको थियो । निति तथा कार्यक्रममा सेरामिक्सलाई अगाडि तयारीमा इस्मा गाउँपालिका छ । प्रदेश बुल्म सेरामिक्स उद्योग इस्मा गाउँपालिका एक मात्रम चिनारी भएकाले यसको प्रचार प्रसार र प्रर्वद्धनमा टेवा दिने जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D