जिल्ला समाचार

किर्ते समिति बनाउने सिँचाई कार्यालयका प्रमुखद्धारा माफि, अबदेखी त्यस्तो गलत काम नगर्ने प्रतिबद्दता

हुमाकान्त पोखरेल
गुल्मी , १९ माघ । १५ लाखको योजनामा किर्ते उपभोक्ता समिति बनाएर कामको सम्झौता गरेका जलस्रोत तथा सिँचाई डिविजन विकास कार्यालय गुल्मीका प्रमुख विराट ज्ञवालीले माफि मागेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहवरमा बसेको छलफलमा उनले माफि मागेका हुन् । उनको किर्ते कामबिरुद्ध उनलाई निलम्बनको माग गर्दै अनेरास्व्वियु र अनेरास्ववियु (क्रान्तिकारी) गुल्मीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र बुझाएका थियो ।

शुक्रबार प्रशासन कार्यालयले कार्यालय प्रमुख ज्ञवालीसहित जिल्ला समन्वय समिति प्रमुख लक्षमण पराजुली तथा दुवै संगठनका प्रमुखहरुलाई बोलाएर छलफल गरेको थियो । छलफलमा कार्यालय प्रमुख ज्ञवालीले आफ्नो गल्ति स्वीकार गर्दै अबदेखि त्यस्तो गलत काम नगर्ने प्रतिवद्धता गरेको अनेरास्ववियु (क्रान्तिकारी) गुल्मीका संयोजक भरत चन्दले जानकारी दिए ।

जिल्लाको मुसिकोट नगरपालिकाको २ र ३ तथा इस्मा गाउँपालिकाको १ र २ मा निस्ति खोलाले बर्षेनी कटान गर्छ । कटान रोक्न ५ नं प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयबाट १५ लाख बजेट बिनियोजन ग¥यो । कामका लागि पुसको पहिलो हप्ता दुवै स्थानीय तहका जनप्रतिनिधीको रोहवरमा श्रीराम महतको अध्यक्षतामा निस्ती खोला नियन्त्रण योजना उपभोक्ता समिति पनि गठन गरियो । तर कार्यालयले त्यो समितिलाई थाहै नदिई अर्को समिति बनाएर कामको सम्झौता गरेको खुलासा भएको थियो । उपभोक्ता समितिका अध्यक्ष महत योजनाको सम्झौता गर्न कार्यालय पुग्दा यो रहस्य खुलेको हो ।

कार्यालय र केहि स्थानीयहरुको मिलेमोतोमा सोहि योजनाकै नक्कली नामाकरण गरि ‘ढाँडखोला निस्ती खत्रीकाटुडा’ तट्बन्ध उपभोक्ता समिति गठन गरिएको छ । जसको अध्यक्ष यम बहादुर खत्री हुन् । यो योजनाबाट करिव डेढ सय उपभोक्ता लाभाम्बित हुन्छन् । उपभोक्ता समिति गठन बहुमतको उपस्थिती हुनुपर्ने कानुनी प्राबधान छ । तर नक्कली भनिएको समितिमा एकाघरका सहित १३ जनाको उपस्थिती उठाइएको थियो । कार्यालयका सह–इन्जिनियर शालिकराम भुसाल र इन्जिनियर श्याम सुन्दर ठाकुरलाई बोधार्थ बनाई कार्यादेश उठाइएको प्रमाण भेटिएको थियो । भने इस्मा गाउँपालिका १ हस्तिचौरका वडाध्यक्ष चुरा बहादुर खत्रीले समेत सम्झौताको लागि सिफारिस दिएका थिए ।

त्यस्तै कार्यालय प्रमुख ज्ञवालीले सम्झौताको टिप्पणी र आदेशमा समेत मिति उल्लेख नगरिएको भेटिएको थियो । कार्यालय, उपभोक्ता समिति र वडा अध्यक्षले गरेको सिफारिस सवै गैर कानुनी भएको आशंका गरिएको थियो । यससम्बन्धमा कार्यालय प्रमुख ज्ञवालीले महतकै अध्यक्षतामा गठन भएको समितिसँग कामको सम्झौता गर्ने र किर्ते उपभोक्ता समितिलाई कार्यालयले आफ्नो ढङ्गबाट व्यवस्थापन गर्ने सहमती भएको अनेरास्ववियु गुल्मीका संयोजक राजेन्द्र विक्रम कुँवरले बताए ।

कमिसन नखाने प्रतिबद्धता
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय प्रमुखले यो संगै उपभोक्ता समितिसंग काम गर्दा पैसाको बार्गेनिङ्ग गर्ने गरेको समेत खुलेको थियो । यो बर्षनै ५ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट इस्माको लागि ‘छल्दि अल्छिङ सिँचाई योजना’ शिर्षकमा एक करोड विनियोजन भएको छ । स्थानीय माया खत्रीको अध्यक्षतामा उपभोक्ता समितिको पनि गठन गरियो । खत्रीसहित स्थानीय दान बहादुर जिसी सम्झौताको लागि सिँचाई कार्यालयमा पटक–पटक आए ।

तर जिसीलाई कार्यालय प्रमुख विराट ज्ञवालीले २० प्रतिशत कमिशनको बार्गेनिङ्ग गर्ने गरेका कारण अहिलेसम्म सम्झौता भएको थिएन् । यससम्बन्धमा कार्यालय प्रमुख ज्ञवालीले आगामि दिनमा कमिसन नमाग्ने र बिना कमिसन कार्यालयमा सम्झौता गरिदिने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जानकारी दिए ।
कार्यालय प्रमुख विराट ज्ञवालीले आगामी दिनमा उपभोक्ता समिति गठन गर्दा आफूहरु अनिवार्य उपस्थित हुने प्रतिवद्धता जायर गरे । साथै अहिले गठन गरिएको समितिलाई अन्य शिर्षकको रकमान्तर गरेर काम दिइने उनले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D