कालीगण्डकी–५ फोक्सिङ खानिगाउँमा राजमोको टोल समिति गठन

शंकरप्रसाद पोख्रेल
गुल्मी, फागुन ०२ । राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिकाको वडा नं.५ फोक्सिङ खानिमा टोल समिति गठन भएको छ । भेलाले पदम श्रीषको अध्यक्षतामा १३ सदस्यीय समिती गठन गरेको हो ।

समितिको सचिवमा हरि पुन र कोषाध्यक्षमा मिनादेवी श्रीष चयन हुनु भएको छ । सदस्यहरुमा घनसिंह काउचा, रुमबहादुर बुढाथोकी, दिपक पुन, देवबहादुर बुढाथोकी, किसनकुमारी श्रीष रहनुभएको छ भने वैकल्पिक सदस्यहरुमा मिना बुढाथोकी सल्लाहकारमा दुर्गाबहादुर श्रिष हुनुहुन्छ । यसैगरी हाललाई दुई स्थान रिक्त राखिएको छ ।

त्यस्तै, खानिगाउँमा पनि नौं पूर्ण, तिन वैकल्पिक र एक सल्लाहकार गरि १३ सदसीय टोल समिती गठन गरिएको छ। कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्य रामकुमार क्षत्री, राजमो कालीगण्डकी गाउँपालिका वडा नं. ४ का सचिव गंगा सापकोटा, वरिष्ठ सदस्य दुर्गाबहादुर श्रीष र उपाध्यक्ष युवराज सापकोटाले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ