जिल्ला समाचार

कालिगण्डकी क्षेत्रमा सरसफाई

हुमाकान्त पोखरेल
गुल्मी, २१ म्ांसिर । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाअन्तरगत पर्ने कालिगण्डकी क्षेत्रमा सरसफाई गरिएको छ । रुरुक्षेत्र गाउँपालिका –१ को समन्वयमा मंगलबार कालिगण्डकी क्षेत्रको रिडी खोला किनार क्षेत्रमा सरसफाई गरिएको हो ।

बाग्मती सफाईका अभियान्ता एवम् सरकारका पूर्व मुख्य सचिव लिलामणी पौडेल, स्थानीय क्वल, जनप्रतिनिधि, कर्मचारी, प्रहरी लगायत स्थानीय समुदायको पहलमा नदि किनार क्षेत्रको सफाई गरिएको हो । किनारबाट जुत्ता, चप्पल, पानीका बोतल, चियाका गिलास, दाउरा, प्लास्टिकजन्य विभिन्न वस्तुहरु लगायतका फोहोर संकलन गरी व्यवस्थापन गरिएको अभियान्ता यदु ज्ञवालीले जानकारी दिए ।

बाग्मती सफाईका अभियान्ता पौडेलले नदि क्षेत्रको सफाइले समाजको सौन्दर्यतालाई झल्काउने भन्दै कालिगण्डकी क्षेत्र सफाई गरिएको बताए । त्यसका साथै उनले एकदिनमात्र नभएर अन्य समयमा पनि स्थानीय आफैले चासो राखेमा नदि क्षेत्रमा फोहोर नहुने विश्वास व्यक्त गरे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D