gulminews logo
शनिबार, २०८१ बैशाख १५

कालिगण्डकीमा भेटीएको युवतीको शब पहिचाहन नभएपछी दाहासंस्कार

अनिल खत्री
१९ असार गुल्मी । गुल्मीमा कालिगण्डकी खोला किनारमा फेला परेको बेवारिसे युवतीको शबलाई दाहासंस्कार गरिएको छ ।

जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पूर्तिघाट स्थित कालिगण्डकी नदि किनारमा फेला परेको शबको सनाखत हुन नसकेपछी सदगद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले जानकारी दिए ।

गएको असार १४ गते बिहिवार स्थानियले माछा मार्ने क्रममा खोलाको किनारमा घाटी भन्दा माथी नभएको शरिर नग्न अबस्थामा रहेको युवतीको शब फेला पारेर प्रहरी लाई खबर गरेका थिए । शबको पहिचाहनको लागि हुलिया सहित बिभिन्न ठाउँमा खबर गरेपनि कतैबाट पहिचाहन हुँन नसकेपछी सदगद गरिएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

खोला किनारमा फेला परेको शबको केहि भाग कालो,डढे जस्तो र नग्न अबस्थामा रहेको थियो । गुल्मीसँगै जनिकै अरु जिल्ला पर्ने भएकाले शब खोलाले बगाए ल्याएको हुन सक्ने प्रहरीको प्रराम्भीक अनुमान छ । शब पहिचाहनको लागि पोष्टमार्टक पछी तम्घास अस्पताल गुल्मीमा राखिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D