जिल्ला समाचार

काम नगर्ने ठेकेदार विरुद्ध चन्द्र भण्डारीको यस्तो हमला

प्रेम सुनार
गुल्मी, जेठ २७ । नेपाली कांग्रेसका नेता तथा गुल्मीका पुर्व सांसद चन्द्र भण्डारीले समयमा काम नगर्ने ठेकेदार विरुद्ध निरन्तर हमला गरी रहेका छन् । आज विहान गुल्मीका एक ठेकेदार विरुद्ध हमला गरेको समाचार समाजिक सञ्चालमा भाईरल भईरहेका बेला फेरी उनले आफ्नो फेशबुकमा अर्को स्टाटस मार्फत ठेकेदार विरुद्ध सरकारलाई खवरदारी गरेका हुन् ।

भण्डारीले लेखेका छन्, “वर्तमान सरकारले समयमा काम नगर्ने ठेकेदालाई कारर्वाही गर्ने परिपत्र जिल्ला प्रशासनमा पठाएको छ । ब्यवहारिक रुपमा हेर्दा प्रकृति विपत्तिका कारण समयमा काम नहुन पनि सक्छ । सरकारले कतिपय जिल्लामा काम गरेको कामको भुक्तानी गरेको छैन । जसले काम गरेको छ उ अपमानित हुन पाउँदैन । अरुलाई ठेक्का हाल्न नदिने, एउटा ब्यक्तिले मात्र ठेक्का लिने । समयमा काम नगर्ने , संझौता अनुसार काम नगर्ने, सुण्डमुसुण्डको प्रयोग गर्ने ।”

कांग्रेस नेता भण्डारी अगाडी लेख्छन्, “काम नगरी ठेक्का बेचेर खाने डन जन्मने निरन्तरताले देश कहिले अगाडी बढ्छ ? बिकृतिका कुरा उठाउदा मनपरी गाली गर्ने, मनपरी लेख्नेलाई सार्वजनिक अपराध देखी साईवर क्राइम अनुसार कारवाही पनि हुन्छ । जनताले सोध्न पाउँछन – जनताको प्रतिनिधी आफ्नो काम गर्न छोडी कुनै निर्माण कार्यको अध्यक्ष किन बन्ने रु तर मन्त्री भएका जिल्लाहरुमा सरकारको निर्णयको धज्जी उडाउँदा गलत काम गर्नेहरु संरक्षित हुनु हुदैन । सबै कुरालाई पारदर्शी बनाउनुपर्दछ । प्रतिपक्षको काम मुद्दा उठाउने हो । सरकारको राम्रा कामलाई सहयोग गर्दै सिक्ने र सिकाउने पनि हो ।’ उनको यो ठेकेदारहरु प्रतीको खबरदारीलाई फेशबुकमा धेरैले लाईक र कमेण्ट गरेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D