काङ्ग्रेस मदानेद्बारा पुर्कोटदहमा बिरोधसभा सम्पन्न

विवश विष्ट
मदाने, ३ माघ । नेपाली काङ्ग्रेस मदाने गाँउपालिका गुल्मीको आयोजनामा केपि ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा बिगठनको गैर संबैधानिक कदमको बिरुद्धमा पुर्कोटदहमा बिरोधसभा सम्पन्न गरेको छ।

मदाने गाउँपालिकाका विभिन्न स्थानबाट उपस्थित काङ्ग्रेस समर्थकहरुले असंवैधानिक कदम खारेज गर , नेपाली काङ्ग्रेस जिन्दाबाद , केपि तेरो पाराले दुख पाए साराले लगायत नारा सहितको र्यालीले पुर्कोटदह बजार परिक्रमा गरी सञ्चालित कोणसभा नेपाली काङ्ग्रेस मदानेका सभापति मणिराम थापाको अध्यक्षता , नेपाली काङ्ग्रेस गुल्मी जिल्लाका सदस्य तथा लुम्बिनि प्रदेशका शिक्षक सघंका अध्यक्ष प्रेम नारायण भन्डारीको प्रमुख आतिथ्यता लगायत नेपाली काङ्ग्रेस गुल्मी जिल्लाका समितिका सदस्य कासि बहादुर बोहोरा, महाधिबेशन प्रतिनिधि पार्वता कुँवर सेन, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य शुसिला भुषालको उपस्थितमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस गुल्मी जिल्लाका सदस्य केपि ओली नेतृत्वको कम्युनिस्ट सरकारले जनतालाई भ्रमित बनाएको साथै नेपाली काङ्ग्रेस चुनाबका लागि पनि तयार रहेको साथै असंवैधानिक कदम बिरुद्ध खबरदारी गरिरहेको र राष्ट्रियता तथा लोकतन्त्रको रक्षाका लागि हरदम अग्रपंक्तिमा रहिरहने बताउनु भयो ।

काङ्ग्रेस केन्द्रीय समितिले बनाएको बिरोध कार्यक्रम अन्तर्गत देशभरका ७५३ पालीकामा सञ्चालन हुने कार्यक्रम अन्तर्गत मदाने गाउपालीकामा सम्पन्न कार्यक्रम मदाने गाउँपालिकाका काङ्ग्रेस समर्थकहरुको उल्लेखनीय उपस्थित रहेको थियो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ