काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन:मतदान गर्न देउवा पक्षकाे माग

हुमाकान्त पाेखरेल
गुल्मी, १२ मंसिर । काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन:मतदान गर्न देउवा पक्षले माग गरेको छ । आइतबार बिहान पत्रकार सम्मेलन गर्दै देउवा पक्षका जिल्ला सभापतिका उम्मेदवार बेद बहादुर थापा मगरले जिल्लाभरकै निर्वाचन प्रक्रिया स्थगित गरि पुन:मतदान गर्न माग गरेको हाे ।

शनिबारदेखि सुरू भएको मतदान प्रक्रियामा सभापतिका अर्का उम्मेदवार खिलध्वज पन्थीले छापामार शैलिमा अधिवेशन गरेको थापाकाे आराेप छ । पन्थी रामचन्द्र पाैडेल पक्षका उम्मेदवार हुन भने थापा शेरबहादुर देउवा पक्षका हुन् ।

स्थगित गरिएको निर्वाचन प्रक्रिया जबरजस्ती अगाडि बढाउन खाेजे अाहरूले अवरुद्ध गर्ने समेत उनले चेतावनी दिए । निर्वाचन प्रक्रियामा कम्तीमा तीन दिनअघि मतदातालाई जानकारी हुनुपर्ने भएपनि त्यसकाे ठिक विपरित पन्थीले मतपत्रमा संकेत गरेकाे थापाकाे भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ