जिल्ला समाचार

कांग्रेस रेसुङ्गा नगरसमितिले नगरपालिकालाई ३८ बुँदे मागसहितको ध्यानकर्षण पत्र बुझायो ।

सन्तोष महतारा
गुल्मी, जेठ १६ । नेपाली कांग्रेस रेसुङ्गा नगरपालिका नगरकार्यसमितिले रेसुङ्गा नगरपालिकामा ३८ बुँदे मागसहितको ध्यानकर्षण पत्र बुझाएको छ । बुधबार नगरपालिकाको कार्यालयमा नेपाली काँग्रेस नगर कार्यसमितिले ध्यानाकर्षणपत्र बुझाएको रेसुङ्गा नगरपालिका नगर कार्यसमिति सभापति छवि पाण्डेले जानकारी दिनुभएको छ ।

के छन मागहरु?
रेसुङगा नगरपालिकामा कुनै विधि र विधान प्रक्रिया विना नै बजेट विनियोजन गरेको, प्रतिपक्षलाई वास्ता नगरेको, कुनै आयोजनाको सार्वजनिक सुनुवाई नगरेको, प्रतिपक्षको छलफल विना नै कार्यपालिका सदस्यको बैठक बसेको लगायतका विषयहरुमा ध्यानाकर्षण गराइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै ध्यानाकर्षणपत्रमा रेसुङगा नगरपालिका भित्र फोहोर खानेपानी भएकोले खानेपानी शुद्ध गरिनुपर्ने, विभिन्न खानेपानीको योजनाहरु तत्कालै संचालनमा ल्याउनु पर्ने, विभिन्न मोटरबाटोको योजनाहरुमा अनियमितता हुन नदिने लगायतका विषयहरु पनि उल्लेख गरिएको छ ।

रेसुङ्गा नगरपालिकाका विभिन्न योजना तथा विभिन्न विकासका कार्यहरुमा एकलौटी निर्णय गरी अगाडी बढाएकोले नेपाली कांग्रेस नगर कार्यसमितिले ध्यानाकर्षणपत्र बुझाएको नेपाली काँग्रेस नगर कार्यसमिति सचिव अनिल बस्नेतले जानकारी दिनु भएको छ ।

नगर कार्यसमितिले मुख्यतः गएको १० गते बसेको कार्यपालिका बैठकमा नेपाली कांग्रेसबाट निर्वा्चित जनप्रतिनिधिहरुको सँग छलफल नगरी एकलौटी पारामा २५ लाख बजेट विनियोजन गरेको प्रति घोर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा अब एकलौटी पनले यसरी बजेट विनियोजन नगर्न र कुनै पनि काम सरसल्लाह बिना नगर्नको लागि सुझाव पनि दिएको छ । अब देखि यस्ता गल्तीहरु नदोहोरिऊन् भन्ने पनि ध्यानाकर्षण पत्रमा लेखिएको छ ।

नगरपालिकामा भएका विभिन्न योजनाहरु र हुँदै गरेका योजनाहरुलाई बजेट फ्रिज नहुँदै अर्थात असार मसान्तभित्र सञ्चालन गर्नुपर्ने र सक्नुपर्ने पनि ध्यान पत्रमा लेखिएको छ । विभिन्न खानेपानीका कुरा खानेपानीलाई शुद्ध गरिनुपर्ने यातायातलाइ अलिक राम्रो बनाउनुपर्ने, तम्घासमा भएको टाफिक जामलाई नियन्त्रण गर्नुपर्ने, तम्घासदेखि बजारदेखि गाउँमा जानुपर्ने लगातका भाडाहरुमा कम मुल्य ल्याउनुपर्ने लगायतका विविध बिषयहरुमा नगर समितिले ध्यानाकर्षण पत्र बुझाएको हो ।

नगरपालिका प्रमुख डिल्लीराज भुषाले ध्यानकर्षण पत्र बुझाउँदा मेरो विरोध नगर्नुस समेत भन्नुभएको थियो । तर छलफल पछि ध्यानकर्षण पत्र बुझ्दै नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले सरसल्लाह र सुझावको लागि धन्यवाद व्यक्त गर्नुभएको छ । “सुझावले काम गर्नको लागि अझ बढी हौसला र राम्रोसँग काम गर्नको लागि प्रेरित गर्ने भएकोले यस्तो सुझावका लागि मैले गर्नुपर्ने कामहरु तपाईंले नै माग राख्नुभयो”, भुषालले भन्नुभयो, “त्यसका लागि धन्यवाद दिन चाहन्छु ।”

हेर्नुस् ध्यानाकर्षण पत्र:


थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D