जिल्ला समाचार

कांग्रेस नेतृत्वलाई एक भएर अगाडी बढ्न युवा नेता पहराईको आग्रह

कौरव खत्री
गुल्मी, ९ चैत्र । गुल्मीको नेपाली कांग्रेस मुसिकोट नगरपालिकामा कार्यकर्ताहरुको भेला वामीमा सम्पन्न भएको छ ।

नगर भेलालाई सम्वोधन गदै प्रमुख अतिथि नेपाली कांग्रेस गुल्मीका महासमिति सदस्य छन्द बहादुर पहराईले पार्टीमा आपसी एकताबाट बलियो बनाउनुपर्ने भन्दै अव नेपाली कांग्रेसमा सकारात्मक सोचको विकास गनुपर्नेमा जोड दिए ।

साथै उनले कांग्रेस भित्रको एकताको सन्देश दिनका लागि पनि जिल्ला सम्मेलन आयोजना गरिएको बताउदै अव कांग्रेस नेतृत्वलाई एक भएर अगाडी बढ्न आग्रह गरे ।

सोही अवसरमा विशिष्ट अतिथि नेपाली कांग्रेस गुल्मीका पूर्व पार्टी सचिव हरिनारायण सापकोटाले अव कांग्रेस पार्टी चुप लागेर बस्न नहुने भन्दै कांग्रेसले संगठन सुधारलाई जोड दिएर अगाडी बढ्नु पर्ने भन्दै आफू काँग्रेसका प्रतिनिधिहरुले जितेको हेर्न आतुर रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका जिल्ला सदस्य धिरेन्द्र केसी, नेपाली कांग्रेस गुल्मीका पूर्व जिल्ला सदस्य बुद्धिप्रसाद खरेल, अर्लाङ्गकोट गाविसका पूर्व गाविस अध्यक्ष माधवप्रसाद खरेल, नेपाल शिक्षक संघ गुल्मीका उपाध्यक्ष मृगेन्द्र प्रसाद रिजाल, नेपाल महिला संघ क्षेत्रीय सभापति मिना जिसी, नेपाल महिला संघ मुसिकोट नगरपालिका सभापति सुमित्रा भण्डारी र नेपाल शिक्षक महासंघ मुनपाका उपाध्यक्ष कालिदास खरेलले आफ्ना धारणा राखेका थिए ।

त्यस्तै आआफ्ना वडाहरुमा पार्टीले गरेका गतिविधिका जानकारी सहित आफ्ना धाराणा राख्ने अन्यमा नेपाली काँग्रेस मुनपा १ का सभापति दान बहादुर केसी, मुनपा २ का सभापति रामचन्द्र घिमिरे, मुनपा ३ का सभापति हरिप्रसाद घिमिरे, मुनपा ४ का सभापति यम बहादुर खत्री, मुनपा ५ का सभापति डिल्लीराज खरेल, मुनपा ६ का सभापति रामप्रसाद अर्याल, मुनपा ७ का प्रतिनिधि शालिकराम खरेल, मुनपा ८ का सभापति तारा बहादुर रायमाझी, मुनपा ९ का सभापति टिकाराम सापकोटा लगायत रहेका थिए ।

नेपाली कांग्रेस गुल्मीका जिल्ला सदस्य कल्पना घिमिरे, पूर्व जिल्ला सदस्य फन बहादुर रायमाझी लगायतको पनि विशेष उपस्थिति रहेको नगर भेलामा जिल्ला सदस्य कौरव खत्रीले भेलाको औचित्य तथा विषयबस्तु र जिल्ला सम्मेलनका बारेका प्रकाश पादै नेपाली कांग्रेस गुल्मीले आँउदो चैत्र १६ र १७ गते हुन गईरहेको प्रथम जिल्ला सम्मेलनलाई भव्य र सभ्य गरि सफल बनाउनको लागि सबैलाई आग्रह गरे ।

साथै साही नगर भेलामा नेपाली कांग्रेस मुसिकोट नगरपालिकाको कार्यालय भवनको लागि निःशुल्क जग्गा दिने जग्गादाता नेपाली कांग्रेस गुल्मीका पूर्व पार्टी सचिव हरिनारायण सापकोटालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस्तै अवसरमा नेपाली कांग्रेस मुसिकोट नगरपालिकाको कार्यालय भवन निर्माणको नेपाल शिक्षक संघ गुल्मीका उपाध्यक्ष मृगेन्द्र प्रशाद रिजालले १० हजार रुपैँया सहयोग गरेका थिए भने साविकको अर्लाङ्गकोट गाविसका पूर्व गाविस अध्यक्ष माधवप्रसाद खरेलले ५१ हजार रुपैँया सहयोग गरेका थिए ।

नेपाली कांग्रेस मुसिकोट नगरपालिका संयोजक शुर्दसन शाक्यको सभापतित्व रहेको भेलामा नेपाली कांग्रेस क्षेत्रीय सदस्य मोहन घिमिरेको स्वागत मन्तव्यसँगै सुरु भएको भेलाको सञ्चालन भने नेपाली कांग्रेस मुनपा ७ का सचिव तेजिन्द्र जिसीले गरेका थिए । नगर भेला रुद्रावति बहुमुखी क्याम्पस वामीटक्सारमा सम्पन्न भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D